काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुका लागि लक्षित गर्दै सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि नयाँ आचारसंहिता ल्याएको छ। काउन्सिलले बुधबार नयाँ आचारसंहिता ल्याएको हो।
काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोगका लागि ८ बुँदे आचारसंहिता सार्वजनिक गरेको हाे।
सार्वजनिक आचारसंहिता अनुसार चिकित्सकले सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाउने छन्।
सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनु पर्ने भएमा वैज्ञानिक रुपमा स्थापित तथ्य मात्र लेख्न पाइने, बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने, सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलाेज गर्न तथा त्यस्ता शब्दले संवोधन गर्न नपाइने लगायत छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।