काठमाडौं–चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
चिनियाँ समकक्षी वाङको निमन्त्रणामा मंगलबार चार्टर फ्लाइटमार्फत् चीन पुगेका खड्का र वाङबीच चीनको छिङ्दाओमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त भेट सौहार्द्रपूर्ण र फलदायी भएको मन्त्रालयले जनाएको छ। ‘नेपाल‘चीन सम्बन्धका विविध पक्षको समीक्षा गर्दै आपसी हितको क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मन्त्री खड्का बिहीबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।