चितवन-चितवनकाे भरतपुर महानगरपालिका–७ कृष्णपुरमा अनिल परियारकाे हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन्। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल २० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।
भरतपुर महानगरपालिका–१२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि थिए। उनको गत वैशाख २५ गते स्थानीय तहको निर्वाचनका समयमा आक्रमण गरी हत्या गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।