• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रहरी नै संलग्न एक अपराध

अघिल्लो दिन आचरण विपरित काम गर्दिन भन्ने कसम, भोलिपल्टै चिनियाँको अपहरण!

64x64
नारायण अधिकारी आइतबार, साउन २२, २०७९  १६:५३
1140x725

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेको करिब १ महिनापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले गत मंगलबार (साउन १७ गते) सादा पोशाक (घुमुवा) को रुपमा सूचना संलकनमा खटिएका प्रहरी अधिकारीलाई प्रशिक्षण दिए।  

परिसर काठमाडौंको हलमा काठमाडौंका सबै वृत्त, प्रभाग तथा सादा पोशाकमा खटिने प्रहरी अधिकारीलाई भेला परेर उनले प्रशिक्षण दिएका थिए।

सो क्रममा एसएसपी बोहराले रकम लेनदेन लगायत विभिन्न आर्थिक काण्डमा सादा पोशाकका प्रहरीले बेला–बेलामा मुछिएर विवादमा आउने गरेको भन्दै सबैलाई आचरण विपरितको काम नगर्न निर्देशन दिएका थिए।

‘प्रहरी अधिकारीले व्यवसायिक भएर काम गर्नुपर्ने र सूचना संकलन जस्तो महत्वपूर्ण जिम्मेवारीमा खटिएका सादा प्रहरीहरुमाथि पनि बेला बेलामा आचरण विपरित काम गर्ने गरेको भन्ने सूचनाहरु आउने गरेकाले व्यवसायिक भएर काम गर्नुस्’, एसएसपी बोहराले भनेका थिए,‘आचरण विपरित काम गर्नेलाई भने कारबाहीको भागिदार बनाइनेछ।’

प्रशिक्षण सकिएपछि उनीहरुलाई आचरण विपरितका काम गर्दिन र व्यवसायिक भएर काम गर्छु भन्दै कसमसमेत खुवाइएको थियो।  

एसएसपीले आचरण विपरितको गतिविधि नगर्न भन्दै प्रशिक्षण दिएको बेला सुन्ने र आचरण विपरित काम नगर्ने भन्दै कसम खाने मध्येका एक थिए सादा पोशाकका प्रहरी, शिव सुनार। आचरण विपरित काम गर्दिन भनेर कसम खाएका उनै सुनार भोलिपल्टै अपहरण जस्तो जघन्य आरोपमा पक्राउ परेका छन्। 

बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रही सादा पोशाकमा खटिँदै आएका थिए। उनै सुनार आचरण विपरित काम गर्दिन भनेर कसम खाएको भोलिपल्ट साउन १८ गते एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा पक्राउ परे। 

चिनियाँलाई अपहरण गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए। ती मध्ये दुईजना प्रहरी हुन्। न्यायाधीशका ‍पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) हवल्दार गोरखा आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानीबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर तथा नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी पनि पक्राउ परेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यो समूहले काठमाडौं लाजिम्पाटबाट एक चिनियाँ नागरिक याङ याङलाई अपहरण गरेर बन्धक बनाउँदै एक करोड रुपैयाँ फिरौती माग गरेको थियो। अपहरणमा परेका चिनियाँलाई बुधबार राति १० बजे प्रहरीले उद्दार गरेको थियो।

chiniya nagarik aparahan prakaran1659607813.jpg

३ वर्ष जेल बसेर फेरि अपहरण, उपनाम मात्रै ६ वटा
चिनियाँ नागरिक याङलाई अपहरण गरेको आरोपमा पक्राउ परेका मध्ये लक्ष्मण गुरुङ यसअघि पनि अपहरण घटनामा जेल परेको पाइएको छ। २०७१ सालमा नुवाकोट घर भइ काठमाडौं बस्दै आएका हिमालराज गिरी र पशुपतिदेवी पाण्डेलाई अपहरण गरेको आरोपमा लक्ष्मणविरुद्ध मुद्दा चलेको थियो। 

त्यतिबेला उनी तीन वर्ष जेल बसेर छुटेको पाइएको छ। त्यतिबेला लक्ष्मणको समूहले पाण्डे र गिरीलाई फोन गर्दै आफू डन रहेको र मागेजति रकम नदिए अपहरण गर्ने भन्दै धम्की दिँदै फिरौती असुल गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त घटनामा उनी तीन वर्ष जेलसमेत बसेर छुटेको पाइएको छ। 

उनै लक्ष्मणले पाँच वर्षपछि फेरि चिनियाँको अपहरण गरेको खुलेको छ। अपहरण घटनामा जेल बसेर छुट्दै फेरि अपहरण आरोपमा पक्राउ परेका लक्ष्मणको उपनाम मात्रै ६ वटा रहेको पनि खुलेको छ। लक्ष्मण आफ्नो परिचय गराउँदा भने अन्य विभिन्न नामबाट गराउने गर्थे। उमेश गुरुङ, सोनी गुरुङ, सुजन गोर्खे, सुदन गोर्खे, सुजन लामा र जोनी जस्ता उपनामले उनी चिनिने गरेको परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। 

चिनियाँ विरुद्धको अपरेशनपछि मालामाल बन्ने पीएसओको दाउले पुर्‍यायो हिरासत
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अहिले अपहरणमा परेका चिनियाँ नागरिक याङले पनि नेपालमा कल सेन्टरको धन्दा चलाएको खुलेको छ। लाजिम्पाट, रानीबारी क्षेत्रमा अफिस खडा गरेर धन्दा चलाएका चिनियाँ नागरिक याङको बारेमा धेरै सूचना पीएसओ कर्णबहादुर गुरुङसँग थियो। रानीबारी मै बस्ने भएकाले अपहरणमा परेका चिनियाँ नागरिक याङको गतिविधिबारे कर्णबहादुर जानकार थिए।

तीनकुने र ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा हानेपछि याङले पनि सुरक्षित ठाउँ खोज्दै सामानहरु सारेको पीएसओ कर्णबहादुरले देखेको अनुसन्धानबाट खुलेको छ। 
‘चिनियाँविरुद्ध प्रहरीले अपरेशन चलाएरपछि अवैध काम गरेका याङले पनि आफ्नो अफिस छाडेर अन्यत्र सामान सारेको पीएसओले देखेका रहेछन्। यही मौकामा प्रहरी हौं नत्र पक्राउ गर्छौ भन्दै धम्क्याइयो भने राम्रै दाम आउने लोभमा अपहरण गरेको देखियो’ एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई भने।

सोही अनुसार पीएसओ कर्णबहादुरले आफ्ना साथी तथा बालाजु वृत्तका घुमुवा शिव सुनारलाई योजना सुनाएको खुलेको छ। त्यसपछि शिवमार्फत् नै यसअघि समेत अपहरण घटनामा जेल बसिसकेका लक्ष्मणसहित ४ जना चिनियाँ अपहरण घटनामा जोडिएको खुलेको छ।

यो ६ जनाको समूहले सुरुमा चिनियाँ दोभाषे सूर्यबहादुर राईलाई नियन्त्रणमा लिएर कार्यालय सारेको ठाउँ देखाउन लगाएका थिए। सूर्यलाई नै लिएर चिनियाँको कोठामा पुगेका उनीहरुले घुमुवा शिवले ल्याएको हत्कडी लगाउँदै चिनियाँ नागरिक याङलाई अपहरण गरेको अनुसन्धानबाट खुलेको छ। 

अपहरण गरेर काठमाडौं मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एन्ड लजको कोठा नम्बर १०३ र १०४ मा चिनियाँलाई राखिएको थियो। त्यसपछि उनका साथीलाई फोन गरेर १ करोड फिरौती माग गरेपछि चिनियाँका साथीले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएपछि प्रहरीले अपरेशन गरेर ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

चिनियाँ नागरिक अपहरण घटना : दुई प्रहरीसहित ६ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

लैनचौरबाट एक चिनियाँको अपहरण गरी एक करोड फिरौती माग, ६ नेपाली पक्राउ

चिनियाँ नागरिक अपहरण घटना : न्यायाधीशकै पीएसओको संलग्नताप्रहरीकै पेस्तोल ताक्दै काठमाडौंमा चिनियाँ नागरिकको अपहरण, घुमुवा र पिएसओसहित ६ जना सार्वजनिक

प्रहरीकै पेस्तोल ताक्दै काठमाडौंमा चिनियाँ नागरिकको अपहरण, घुमुवा र पिएसओसहित ६ जना सार्वजनिक

दोभाषेलाई नियन्त्रणमा लिएर अपहरण, ५० लाख लिन जाँदा ६ अपहरणकारीको हातमा लाग्यो हत्कडी
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं बुधबार, भदौ १०, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्