• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
मिटर ब्याजले उठिबास

६ लाख ऋण लिएकी खुश्बुले २२ लाख तिरिन्, २९ लाख अझै तिर्नुपर्ने हिसाब!

64x64
कल्पना घिमिरे आइतबार, साउन २२, २०७९  १३:४२
1140x725
सबै तस्बिर: मनिष अर्याल/नेपाल लाइभ

काठमाडौं– दिनभर माइतीघर मण्डलामा धर्ना बसिरहेको एउटा समूह साँझ पर्न थालेपछि उठ्यो। र, गौशाला जाने गाडी चढ्यो। हामीले उनीहरुलाई पछ्यायौं। उक्त समूह गौशाला उत्रियो। दिनभरीको थकान बिसाउन त्यसका सदस्यहरु एउटा थोत्रो त्रिपाल भित्र छिरे।

दिनभर आन्दोलन गरेर बेलुकी थकान मार्न गौशाला पुगेका उनीहरु ठगीमा परेका किसान मजदुर हुन्। उनीहरु मिटर ब्याज ठगीविरुद्ध आन्दोलनका लागि आएका नवलपरासीका किसान मजदुर हुन्।

आफ्नो घरखेत साहुबाट फिर्ता गराइदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका उनीहरुले ओत लाग्न त्रिपाल टाँगेर एउटा छाप्रो बनाएका छन्। त्रिपालभित्र चिसो भुइँमा पातलो प्लाई बिच्छ्याइएको छ। प्लाईमाथि तन्ना ओच्छ्याएर बिस्तारा बनाइएको छ। टाउको अड्याउन झोला र काठका सिरानी छन्।  

महिला र पुरुष गरि ७२ जना मिटर ब्याज पीडित त्यही त्रिपाल मुनि रात कटाउँछन्। बिहान् सबेरै उठ्छन्। फेरि माइतीघर आउँछन्। तीन दिनदेखि उनीहरुको दिन माइतीघरको सडक र रात गौशालास्थित खुला चउरको त्रिपालमुनी बितिरहेको छ।

Miterr-byaj-pidit (2)1659853083.jpg‘भुइँमा राति साप आउँछ की भन्ने डर लाग्छ। शौच गर्न पनि चार मिनेट हिँडेर पशुपति मन्दिर नजिकै पुग्नुपर्छ। के गर्नु न्यायका लागि जति दुःख भए पनि बस्नै पर्यो,’ पीडित मध्येकी एक आश्मा खातुनले गुनासो गरिन्।

महिला र पुरुष एउटै त्रिपालमुनि सुत्छन्। शौचालय जानदेखि त्यहीँ बस्न पनि महिलाहरुलाई समस्या हुने खातुनको गुनासो छ।

खातुनले चार वर्षअघि घर बनाउनका लागि सुरेश बनियासँग ८ लाख रुपैयाँ ऋण लिएकी थिइन्।अंशबण्डा गर्दा श्रीमानका भागमा बर्दघाटको ११ कठ्ठा जग्गा परेको थियो।

अब उनीहरुलाई बस्ने घर चाहियो। घर बनाउनका लागि बैंकमा ऋण पाइन्छ कि भनेर धाए। तर कुनै बैंकले पत्याएन्। ‘ससुराले श्रीमान् र देवरलाई अंशबण्डा गरेको केही दिन मात्रै भएको थियो। घर बनाउन बैंकले ऋण नदिएपछि सुरेश बानियाँसँग जग्गा दृष्टिबन्धक गरेर ऋण लिन बाध्य भयौं,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु खेतबारीको काम गर्थे। ऋण लिएपछि तिर्न आम्दानीको अरु बाटो थिएन। ऋण लिएको तीन वर्षपछि उनीहरुले साहु सुरेश बानियाँलाई सावाँ र ब्याजसहित हिसाब गरेर ३४ लाख बुझाए। उनी भन्छिन्, ‘तीनवर्ष पश्चात् मैले सात कठ्ठा जग्गा बेचेर चौतिस लाख बुझाएँ तर हाम्रो जग्गा अहिले उसैको नाममा छ। अझै पन्ध्र लाख मागेको छ। पन्ध्र लाख दिए मात्र जग्गा फिर्ता गर्छु भन्छ।’

Miterr-byaj-pidit (4)1659853128.jpgउनका दुई छोरा र एक छोरी छन्। जेठो छोराले कक्षा आठसम्म पढेका छन्। सानो छोरा १ कक्षामा छन्। छोरीले अहिले एसईई पास गरेकी छन्। ‘नर्स पढ्ने भन्दै छ छोरीले, कसरी पढाउने हो? जग्गा बेचेर पढाउँ त अर्काको नाममा छ,’ गहभरी आँशु पार्दै उनले भनिन्। 

आफूले तिर्नुपर्ने ऋण भन्दा चौबर पैसा बुझाउँदा पनि साहुले उनको जग्गा फिर्ता नगरेकोमा उनको गुनासो छ।

०००

Xtrem

Xtrem

बर्दघाट नगरपालिकाका कृष्णबहादुर सार्की पनि मिटर ब्याज पीडित हुन्। उनी अहिले आफ्नो जग्गा फिर्ता गरिदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका छन्।

कृष्ण र उनका भाइ प्रेमबहादुर सार्कीले विदेश जानका लागि ऋण लिएका थिए। आफूहरुले दुई लाख पचास हजार ऋण लिएको कृष्णले बताए।  

२०६९ असारमा गाउँकै एक व्यक्ति शून्य सुनारसँग उनीहरुले ऋण लिएका थिए। मासिक सयकडा तीन रुपैयाँका दरमा ब्याज तिर्ने सहमतिमा ऋण लिएको उनी बताउँछन्। उनी वैदेशिक रोजगारीका लागी कतार गएका थिए। भाइ संयुक्त अरब इमिरट्स(युएई) गएका थिए।

‘घरमा आएर होम राणाले मेरो बुवालाई फकाएछ। ढाँटछल गरेर, सयकडा डेढ रुपैयाँ ब्याजमा दुई लाख पचास हजार ऋण दिने लोभ देखाएछ। बुवाले उसको कुरा मानेर जग्गा दृष्टिबन्धक गरेर छ महिनामा तिर्ने गरी ऋण लिनुभएछ,’ उनले भने। कृष्ण कतारमा खाना पकाउने काम गर्थे। उनको महिनामा ३० हजार कमाइ थियो। खाइनखाइ पैसा जोगाएर ऋण तिर्न घरमा पठाएको उनी बताउँछन्।

‘मैले र भाइले विदेशबाट कमाएर चार महिना भित्रमा पैसा पठाएर ऋण चुक्ता गरिदियौं। तर त्यसले जग्गा हाम्रो नाममा गरिदिएन। मेरो बुबाको सोही जग्गाको कारण प्रेसर बढेर मृत्यु भयो,’ उनले सुनाए। 

Miterr-byaj-pidit (1)1659853149.jpgनवलपरासी सुस्ताकी खुश्बु नेसाले पनि जेठी छोरीको विवाहका लागि ६ लाख ऋण लिएकी थिइन्। जग्गा दृष्टिबन्धक राखेर जगदिश बानियाँसँग ऋण लिएको उनी बताउँछिन्।

 ‘श्रीमानले ७ वर्षपछि साँवा ब्याजसहित २२ लाख बुझाए। फेरि जगदिशले २९ लाख अझै बाँकी छ भनेर माग्यो। त्यही ऋणले गर्दा श्रीमानको हार्टअट्याक भएर मृत्यु भयो,’ यो सुनाउँदै गर्दा उनका आँखा आँशुले भरिएका थिए। तर आँशु नखसालिकन उनी सम्हालिइन्। अहिले घर र ११ कठ्ठा जग्गा साहु जगदिशको नाममा भएको उनी बताउँछिन्।

भन्छिन् ‘साहुको ऋण जति तिर्दा पनि सकिएन, मिटरब्याजको ऋणले घरबारबिहीन भएँ।’ 

सुस्ता ५ का रामशुभग मुसहरको पनि उस्तै पीडा छ। उनको चार छोरा बुहारी र नातिनातिना गरी २० जनाको परिवार छ। यति ठूलो परिवारको बाँच्ने आधार भनेको मजदुरी मात्र हो। आफ्नो जग्गा हुँदाहुँदै पनि मिटर ब्याजको ऋण लिनाले भूमिविहीन बन्नु परेको उनी गुनासो पोख्छन्। 

जेठो छोरो रामनाथ मलेसिया जान एक लाख ५० हजार ऋण लिएका थिए। जगदिसले तीन लाखको तमसुक बनायो। उनले त्यो तमसुकमा औंठाछाप लगाए। 

मलेसिया गएका छोराको कमाइ त्यति राम्रो थिएन। उनले कमाइ गरेर पैसा पठाउन सकेनन्।

‘ऋण तिर्न नसके पछि तीन कठ्ठा जग्गा दृष्टिबन्धक गरेर जगदिशको नाममा छिनुवा पास गरिदिएँ,’ रामशुभग तमसुक देखाउँदै भन्छन्।

Khushbu1659853173.jpg

कान्छो छोरालाई विदेश पठाउनका लागी सन्दिप जोसीसँग साढे ११ कट्ठा जग्गा दृष्टिबन्धक गरेर उनले चार लाख पचास हजार लिए। सन्दिपले पनि आठ लाख देखाएर तमसुक बनाए। रामसुभगले तमसुक नपढी औंठाछाप लगाए।

उनले पटकपटक गरेर आठ लाख र एकलाख चालिस हजार बुझाए। ‘मैले पैसा त सबै बुझाएँ तर उसले मेरो जग्गा अर्कैलाई बेचिसकेछ,’ उनले सम्झिए। गौशालास्थित त्रिपालमुनी भेटिएका सबैजसोको पीडा एउटै हो। उनीहरु सबै मिटरब्याज ऋणी हुन्। 

‘थोरै ऋण लिएको भए पनि साहुले दोब्बर तेब्बर गराएर तमसुक बनाएर सोझा सीधा हामी माथि अत्याचार गर्यो,’ मलिन अनुहार पार्दै मिटरब्याज पीडित तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता सुदखोरले सुनाए। 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्