दाङ– गुडिरहेको ट्रयाक्टरबाट खसेर लमही नगरपालिका वडा नम्बर ६ मा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ का १५ वर्षीय सुशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
बिहीबार बिहान करिब ६ बजे लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए।
उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।