• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटपाथमा नेत्रकुमारीको संघर्ष: बिरामी हुँदा पानी दिने मान्छे पनि हुँदैनन्!

64x64
कल्पना घिमिरे शनिबार, साउन २१, २०७९  १७:४९
1140x725

काठमाडौं– शनिबारदेखि लगातार परेको झरी सोमबारसम्म रोकिएको थिएन। सोमबार बिहानै कलंकी मन्दिरमा शिवजीको पूजा गर्न व्रतालु महिलाहरुको भीड देखिन्थ्यो। 

त्यहि मन्दिर छेउमै झरीमा निथ्रुक्क भिज्दै सुनसरी इटहराकी नेत्रकुमारी बेलपाती र फूल बेचिरहेकी भेटिइन्। झरीमा भिज्नु उनको रहर होइन, बाध्यता हो।

‘साउनको सोमबार बेलपाती धेरै बिक्री हुन्छ। त्यहि भएर आज हरियो मकैसँगै बेलपाती पनि बेच्न राखेकी छु,’ उनले सुनाइन्। 

क्यारेटमा १५ घोगा जति हरीया मकै राखेकी थिइन्। चार मुठा निगुरो, अलिकति फूल र बेलपाती राखिएको थियो। 

५८ वर्षीया नेत्रकुमारी अधिकारी विगत एक दशकदेखि कलंकीको फुटपाथमा हरियो मकैसँगै तरकारी बिक्री गर्दै आएकी छन्। चाडपर्वको समयमा फूल पनि बिक्री गर्छिन्। 

काम गर्न उनलाई कति पनि झिझो लाग्दैन। भन्छिन्, ‘बिहान चारै बजे उठ्छु। खाने बाटो यहि भएपछि अल्छी गरेर पनि के गर्नु र?’ 

कालीमाटीदेखि  कलंकीसम्म 

सधैं उनी सबेरै उठेर कालीमाटी जान्छिन्। तरकारी र हरिया मकै ल्याएर कलंकी मन्दिरको नजिकै सडकमा राखेर बेच्छिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सिजनमा कलंकी नजिकै स्यूचाटारबाट लोकल हरिया मकै र सागसब्जी ल्याएर बेच्छिन्। 

‘कालीमाटीमा एउटा घोगो मकै किन्दा कहिले १३ रुपैयाँ पर्छ। कहिले १५ रुपैयाँ पनि तिर्नुपर्छ। स्यूचाटारबाट लोकल किन्दा पनि भाउ त उही पर्छ,’ उनी भन्छिन्। 

लोकल तरकारी र मकै ग्राहकले रुचाउने हुँदा उनी भेटेसम्म लोकल नै ल्याउँछिन्। नपाएको अवस्थामा मात्रै कालीमाटी पुग्ने उनी बताउँछिन्। 

उनले हरियो मकै प्रतिघोगा २० रुपैयाँमा बिक्री गर्छिन्। फर्सीको मुन्टा प्रतिमुठा ४० रुपैयाँसम्म बिक्री हुन्छ। रायोको साग र निगुरो प्रतिमुठा ३० देखि ४० रुपैयाँसम्ममा पनि बिक्री हुन्छ। 

‘तरकारीको मूल्य सधैं एकनाश भइरहँदैन,’ उनी भन्छिन्, ‘कहिले धेरै बढ्छ। कहिले घट्छ। किलोमा पाँच दश रुपैयाँ नाफा खाएर बिक्री गर्ने हो।’

उनी बिहानको समयमा ६ बजेदेखि ११ बजेसम्म बिक्री गर्छिन्। साँझ पनि उनी मौका छोप्छिन्। 

‘६ बजेदेखि महानगरपालिकाले राख्न दिन्छ। ८ बजेसम्म बस्छु। थोरै बिक्छ। मलाई त व्यापार पनि फाप्दैन कि क्या हो। अरुको भन्दा कम बिक्छ,’ निधार खुम्च्याउँदै उनले सुनाइन्। 

राम्रो बिक्री हुँदा दिनमा मुस्किलले ५०० रुपैयाँ कमाइ हुने नेत्रकुमारी बताउँछिन्। ‘धेरै कमाई हुँदैन। एक्लो ज्यान छ। मुस्किलले आफूलाई मात्र त खान लाउन खर्च पुगेको छ,’ उनले भनिन्।  

उनी कलंकी चोक नजिकै डेरा गरेर बस्छिन्। भाडा महिनाको चार हजार बुझाउनुपर्छ। 

‘कमाई गरेको पैसा घरबेटीलाई तिर्दै सकिन्छ,’ उनी भन्छिन्, ‘न डेरा गतिलो छ। टिनको छाप्रो छ पानी चुहिन्छ, दुःख छ मलाई।’ 

नेत्रकुमारी काठमाडौं छिरेको १२ वर्ष भयो। यो समयमा उनले धेरै संघर्ष गरिन्। तर, जति परिश्रम गरे पनि खान पनि जोहो नहुने उनी बताउँछिन्। 

‘केही छैनभन्दा सहकारीमा दिनको सय रुपैयाँ राख्छु। त्यहि पनि बेला–बेला बिरामी भइन्छ। कहिले के पर्छ यसै खाँचो पर्छ। टार्नै सकिन्न,’ उनले भनिन्। 

बढ्दो महंगीका कारण खर्च टार्नै धौ–धौ

दैनिक बढ्दो महंगीका कारण पनि आफूलाई खर्च टार्नै धौ–धौ पर्ने उनी बताउँछिन्। कहिले काँही त मन्दिरमा चढाएको पुरीले छाक टार्ने गर्छिन्। 

‘अहिलेसम्म त हातखुट्टा लाग्दैछन्। थोरै कमाइ भए सुख–दुख एक छाक भए पनि टर्छ। बिमार भएर थला पर्दा पानी खुवाउने पनि कोहि हुँदैन,’ उनका आँखा भरिए। 

नेत्रकुमारी पूर्वी नेपालको खोटाङमा जन्मिएकी हुन्। २७ वर्षको उमेरमा उनको इटहरामा विवाह भयो। विवाहपछि श्रीमान् र परिवारको साथमा इटहरामै बस्थिन्। जीवन हाँसिखुसी थियो। ३ वर्षपछि छोरी पनि जन्माइन्। 

तर अचानक उनको जीवनमा बज्रपात आइलाग्यो। गाउँमै श्रीमान्‌को हत्या भयो। 

‘त्यो बेला छोरी ९ महिनाकी मात्र थिइ। शोक थियो। उहाँ बितेपछि सासू–ससुराले पनि राम्रो नजरले हेर्नु भएन। घरमा बस्न समस्या भयो। ११ महिनाकी छोरी लिएर म माइतीमा गएँ,’ उनी सम्झिन्छिन्।

माइतीमा पनि उनी धेरै बसिनन्। आफैं केही गरेर खाने सोच बनाएर उनी इटहरा नै फर्किइन्। 

‘त्यहाँ मैले अरुको घरमा भाँडा माझ्ने, गोबर सोहोर्नेदेखि खेतबारीमा मल बोक्ने, झार उखल्ने जस्ता काम गर्थेँ। घाँस पनि काटिदिन्थेँ’, उनले सुनाइन्। 

दिनभरी काम गर्दा ७० रुपैयाँ कमाइ हुन्थ्यो। त्यहि काम गरेर उनले छोरीलाई पनि प्राथमिक तहसम्म पढाउन थालिन्। 

तर, नेत्रकुमारीले विस्तारै काम पाउन छाडिन्। 

भन्छिन्,‘पछिपछि त तराईमा भटाभट मेसिनहरु जान थाले। खेतबारीको काम प्राय: मेसिनले नै हुन थाल्यो। मैले पहिलेजस्तो काम नै पाइनँ।’

एकातिर बेरोजगारीको समस्या त अर्कातिर छोरी र आफ्नो पेटको चिन्ता। नेत्रकुमारी निकै समस्यामा परिन्। 

‘दिनभरी काम गरेर बिहान–बेलुका हातमुख जोर्ने मान्छेलाई कामै नभए त कसरी बाँच्नू?,’ उनी भन्छिन्। 

सोही क्रममा चिनजानका मानिसहरुले काठमाडौंमा काम पाइने सुनाए। छोरी हुर्किसकेकी थिइन्। छोरीसहित २०६७ सालमा आफू काठमाडौं छिरेको उनी बताउँछिन्। 

काठमाडौं आएर केहि दिन नाताले बहिनी पर्नेको डेरा काँडाघारीमा बसिन्। तिनै बहिनीले एउटा घरभित्रको काम खोजेर लगाइदिएकी थिइन्। 

काम पाएपछि उनी कलंकीमा बेग्लै डेरा लिएर बसिन्। 

एउटा घरको काम थियो। खाना पकाउने, लुगा धुने, भाँडा माझ्ने सबै काम गर्नुपर्थ्यो। एउटा घरकै कामले दिन बित्थ्यो। 

महिनामा चार हजार कमाउँथिन्। त्यतिबेला उनकी छोरी पनि बसपार्कस्थित टिकट काउन्टरमा काम गर्न थालिन्। 

उनकी छोरीले महिनामा ६ हजार कमाउँथिन्। 

‘कोठाभाडा ३ हजार थियो। जे पनि महंगो थिएन। त्यति कमाइले खर्च पुग्थ्यो,’ उनले सम्झिइन्, ‘तर छोरीको जात सधैँ सँगै नहुने रहेछ। दुई वर्षपछि त बिहे गरिदिएँ।’

त्यसपछि नेत्रकुमारी एक्लिएकी हुन्। केही समय त एक्लै बस्ने बानी पार्न पनि उनलाई मुस्किल पर्‍यो। एक्लैको कमाईले खान र कोठाभाडा तिर्न पनि मुस्किल भयो। नेत्रकुमारी अलि बढी कमाई हुने खालको काम बुझ्न थालिन्। उनकी एकजना साथीले फुटपाथमा तरकारी बिक्री गर्दा बरु राम्रो कमाई हुने सुनाइन्। 

त्यसपछि उनले साथीको सल्लाहअनुसार तरकारी बिक्री गर्न थालिन्। 

आफूले पहिलोपटक कालीमाटी तरकारी बजारबाट रायोको साग र हरीयो मकै ल्याएर कलङ्की मन्दिर नजिकै फुटपाथमा राखेको उनी सम्झिन्छिन्। 

चार सयमा तरकारी र मकै किनेर ल्याएकी थिइन्। त्यो दिन उनले एक हजारको व्यापार गरिन्। ६ सय आम्दानी भयो। सुरुकै दिनमा राम्रो आम्दानी भएपछि नेत्रकुमारी फुरुङ्ग भइन्। यसले व्यापारमा जाँगर चल्यो।

भोलिपल्टदेखि उनी सबेरै उठेर त्यहि काममा लागिन्। 

सात रुपैयाँ घोगो मकै

‘त्यतिबेला कालीमाटीमा सात रुपैयाँ घोगो मकै आउँथ्यो। मैले १५ रुपैयाँमा बेच्थेँ। गाडीभाडा सबै जोड्दा झण्डै आधा त फाइदा थियो,’ उनी भन्छिन्। 

सागमा पनि राम्रै फाइदा आउँथो। ४० रुपैयाँ प्रतिकेजी किनेर उनी धेरै मुठा बनाउँथिन् र २० रुपैयाँ मुठो बिक्री गर्थिन्। 

तर, अहिले पहिलेजस्तो राम्रो नाफा नबस्ने उनी बताउँछिन्। 

‘अहिले त उतै महंगो छ। धेरै फाइदै लिन सकिँदैन। मान्छे मूल्य सुनेरै फर्किन्छन्,’ उनले भनिन्। 

श्रीमान् बितेपछि एक्लिएकी उनले सरकारबाट एकल महिला भत्ता पनि पाउनुपर्ने हो। तर, अहिलेसम्म आफूले भत्ता नपाएको उनको गुनासो छ। 

‘ (श्रीमानको) मृत्यु दर्ता कि के गरेको छैन भन्छन्। इटहरा जाँदा मिल्दैन भनेर पठाए। मैले त केही पाएको छैन,’ उनले सुनाइन्।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्