फाइल तस्बिर।
काठमाडौं– कास्की, पर्वत र गोरखाका केही स्थानमा गएराति भारी वर्षा भएको छ।
कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्क लगायत धरै स्थान, पर्वत, गोरखा र आसपास केही स्थानमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
दोलखामा पनि गएराति भारी वर्षा भएको छ। तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ। जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। लुङ्गरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।