तस्बीर : सुजाता लिम्बू
काठमाडौं– कोशीको बाढी बस्तीमा पसेपछि श्रीलंका टापुमा फसेका सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जनाको उद्धार गरिएको छ।
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीका अनुसार अहिले जोखिममा रहेका बस्तीका मानिसहरुलाई डुंगामार्फत् सुरक्षित स्थानमा सारिएको छ।
श्रीलंका टापुमा फसेकाहरुको उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली सक्रिय रहेको उनले बताए। अब उक्त क्षेत्रमा धेरै समस्या नरहेको तर बेलका नगरपालिकाका केही क्षेत्र भने जोखिममा परेको उनले बताए।
बेलका नगरपालिका प्रमुख अशो कार्कीका अनुसार उक्त नगरको वडा नम्वर १,३,६ ,५ र ९ मा कटान तीव्र रुपमा भइरहेकाले त्यहाँका स्थानीयहरुलाई सुरक्षित स्थानका सार्ने कार्य भइरहेको छ।

श्रीलंका टापुमा ५०० परिवार र बेलका नगरपालिका ५०० परिवारलाई अहिले विद्यालयमा सुरक्षित रुपमा सारिएको नगरप्रमुख कार्कीले बताए। उनका अनुसार पानीको बहाव निरन्तर रुपमा बढिरहेको छ। पानीको बढ्दो बहावले बस्ती कटानको कार्य तीव्र पारिरहेका कारण अन्य बस्तीहरु पनि जोखिममा पर्न लागेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।