काठमाडौं- कोशी नदीको एउटा भंगालो बस्तीतर्फ पस्न सुरु गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै बुधबार बिहान ४ बजेबाट कोशी नदीको एउटा सानो भंगालो बस्तीतर्फ पस्न सुरु गरेको जनाएको छ।
'विगत तीन हप्ताको अथक प्रयास बावजुद आज बिहान ४ बजेबाट कोशी नदीको एउटा सानो भंगालो वेलका नगरपालिकाको डुम्रीबोटबाट पश्चिम कटान गर्दै सिसौली टप्पु -चिलिया बस्तीतर्फ पस्न सुरु गरेको छ' प्राधिकरणले भनेको छ।
नदीको यस धार परिवर्तनले झण्डै एक हजार घरपरिवार र ठूलो संख्यामा चौपायाहरु प्रभावित हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्राधिकरणको भनाइ छ।
बेलका नगरपालिका, जिल्ला प्रशासन कार्यालय उदयपुर, नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल-नेपाल र ठूलो संख्यामा स्थानीय स्वयंसेवीहरुले प्रभावितहरुलाई सुरक्षित स्थानमा उद्दार गर्ने क्रम जारी रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।