धनगढी–पश्चिमका थारु समुदायले मनाउने गुरही पर्व मंगलबार धनगढीमा पनि उल्लासका साथ मनाइएको छ। धनगढीको गुरही चोकमा पनि पर्व मनाइएको हो।
गुरही पुर्खौंदेखि मनाइदै आएको मौलिक पर्वका रुपमा रहेको सखी सञ्जाल कैलालीकी पूर्वअध्यक्ष इन्दु चौधरीले बताइन्। ‘यो हाम्रो मौलिक पर्व हो’, उनले भनिन्, ‘गाउँको पश्चिमतिर रहेको चोक वा चउरमा गुरही फालेर पर्व मनाउनु पर्छ भन्ने मान्यता रहिआएको छ ।’
यस समुदायका जानकार व्यक्तिहरुका अनुसार गुरही मुलतः बालबालिका र कृषिसँग जोडिएको पर्व हो। यो पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने र कृषि बालीमा कीराको प्रकोप नहुने जनविश्वास रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।