काठमाडौं–६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालको गाडीबाट १६ लाख ५० हजार बरामद भएको छ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग लिएको ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी काठमाडौं महानगर १ मनकामनामार्गस्थित होटल अरण्यबाट पक्राउ परेका थिए।
त्यसपछि उनले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।
उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।