गोरखा–लगातारको वर्षाका कारण झरेको पहिरोले मंगलबार मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालनमा आएको छ।
पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए।
झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले बताए। उनका अनुसार पहिरो हटाएसँगै दुईतर्फी सडक पुनःसञ्चालन भएको छ।
विगतमा पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो। सडक सञ्चालनमा आएसँगै गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारी नियमितरूपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।