कैलाली- कैलालीको मोहन्याल गाउँपालिकामा बाघले स्थानीयका बाख्रामा आक्रमण गरेको छ।
सोमबार साँझ मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रा आक्रमण गरेको हो।
बाघको आक्रमणमा परि स्थानीयका २१ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कालिका सामुदायिक वनको सरंक्षण क्षेत्र भित्र घरबाट बाख्रा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको प्रहरी नायव निरीक्षक दिनेश विष्टले जानकारी दिए।
उनका अनुसार कुईने बस्ने धर्म राज मिजारका ६ वटा खसी र ४ वटा बाख्रा, नविन बडुवालका ४ बोका र ४ बाख्रा, पहिला बिटालुका २ वटा बाख्रा, सावित्रा बडुवालको १ बाख्रा गरि २१ वटा बाख्रा बाघले मारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।