दाङ–करेन्ट लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका २ बाहुनेपाटा निवासी २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीयाा श्रीमती हिमा गाहामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनीहरुको सोमबार दिउँसो करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता रिजालले बताए।
त्यस्तै बासु गाहामगरकी भाउजु २७ वर्षीया भिमा गाहामगर घाइते भएकी छन्। घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो।
करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन्।
मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।