काठमाडौं–कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग अघि बढाउन माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ।
सभामुख सापकोटालाई सोमबार भेटेर बारका पदाधिकारीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन्। सभामुखको कक्षमा पुगेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका पदाधिकारीले राणाविरुद्धको महाअभियोग यही अधिवेशनमा टुंगोमा पुर्याउनु प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
राणाविरुद्ध फागुन १ गते सत्ता पक्षका सांसदहरुले महाअभियोग दर्ता गराएका थिए। नेपाल बार र सर्वोच्चका न्यायाधीशहरु नै आन्दोलनमा उत्रेपछि सत्तापक्षका सांसदहरुले राणामाथि विभिन्न आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए। राणामाथि न्यायीक विचलन, भ्रष्टाचार र आफन्तमार्फत् विचौलिया गराएको आरोप लगाइएको छ। प्रतिनिधि सभामा उनीविरुद्ध छानबिनका लागि ११ सदस्यीय समिति गठन भएपनि प्रक्रिया अघि बढेको छैन। राणा निलम्वनमा रहेपछि सर्वोच्चको नेतृत्व दीपपककुमार कार्कीले सम्हाल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।