काठमाडौं–२५ दिनपछि पुनः अर्थ मन्त्रालय फर्किएका जनार्दन शर्मालाई मन्त्रालयका दुई सचिवमध्ये राजस्वसचिव कृष्णहरि पुष्करले मात्र स्वागत गरे। दोस्रो इनिङका लागि अर्थमन्त्री भएर मन्त्रालय प्रवेश गरेका मन्त्री शर्माको स्वागतका दिन बिहान मन्त्रालयका मूलसचिव अर्थात् अर्थसचिव मधु मरासिनी भने बिदा लिएर हिँडे।
आइतबार बिहानै मन्त्रीको रुपमा शर्मा आउने जानकारी पाएपछि मरासिनी बिदा लिएर पोखरा हिँडेका हुन्।
जेठ १४ गते बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतनको आरोप लागेपछि असार २२ गते शर्माले प्रतिनिधि सभामा मन्तव्य राख्दै राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।