• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जिसस कैलालीले पाएन वकिल : निजी राख्न स्राेत छैन, सरकारी वकिल भन्छन्– क्षेत्राधिकार पर्दैन

64x64
शेरबहादुर ऐर आइतबार, साउन १५, २०७९  १९:५०
1140x725

धनगढी– ‘यही भदौ ५ गते पुनरावेदन दर्ता गर्न सर्वोच्च अदालत उपस्थित हुनु होला’ सर्वोच्च अदालतले जिल्ला समन्वय समिति (जिसस) कैलालीलाई पठाएको पत्रमा भनिएको छ।

जिसस कैलालीलाई प्रतिवादी बनाई शाही कन्स्ट्रक्सन सर्भिसेज प्रालिका सञ्चालक दानबहादुर शाहीले तीन वर्षअघि दर्ता गराएको मुद्दाको गत असार २३ गते सर्वोच्चले अन्तिम आदेशसँगै निस्सा दिँदै यस्तो पत्र पठाएको हो।

एक निर्माण कम्पनीले दायर गरेको उक्त मुद्दालाई सर्वोच्चले पुनरावेदन सुन्नेगरी अनुमति दिएपछि गएको पत्र हो। तर, यही रिटका कारण अहिले जिसस कैलाली अन्योलको भुमरीमा फसेको छ।  

देश संघीय संरचनामा गएपछि कामविहीन जस्तै बनेको जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा त दर्ता भयो तर कसरी प्रतिरक्षा गर्नेमा अहिले समस्या परेको छ। 

जिससको मुद्दा सरकारी वकिलले पनि नलड्ने र निजी कानुन व्यवसायी राख्ने स्रोत नहुँदा समस्या परेको हो।  जिसस कैलालीमा  वैतनिक कानुनी सल्लाहकार राख्न आन्तरिक श्रोत नभएपछि समस्या भएको कार्यालयका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए।

‘हामीसँग  कानुन सल्लाहकार राख्ने स्रोत नै छैन विना स्रोत कसरी राख्ने?,’ उनले भने, ‘तर सरकारवादी मुद्दा नहुने र सरकारी वकिललको कार्यालयले पनि आफ्नो क्षेत्राधिकार नपर्ने भनेकाले अब कसरी सर्वोच्चमा उपस्थित हुने भन्ने अन्योलमा छौं।’ 

सर्वोच्चमा लिखित जवाफ दिनुपर्ने मिति नजिकिँदै गर्दा जिससले के गर्ने भनेर छलफल गरिरहेको भन्दै उनले यसमा एक/दुई दिनमा निर्णय गर्ने बताए।  

यसरी सुरु भयो विवाद 
आर्थिक वर्ष २०७४/७५ मा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी उत्खन्न)को ठेक्का पाएका ठेकदार शाहीले लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै रकम मिनाहाका लागि कार्यालयमा निवेदन दिएका थिए। तर, कार्यालयले कागजपत्र र महालेखा प्रतिवेदनका आधारमा मिनाहा गर्न नसकिने भनेपछि २०७६ भदौ ८ गते शाहीले जिसस, कैलालीलाई प्रतिवादी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले सोही वर्षको कात्तिक ५ गते तारेख दिएकोमा २५ गतेलाई स्थगित गरिएको थियो। पटक–पटक स्थगित भएको सो मुद्दाको गत असार २३ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अनुमति हुने अन्तरिम आदेश दिएको थियो। सोही अनुसार सो मुद्दाको अर्को पेसी अगामी भदौ ५ गतेलाई साधारण तारेखको मिति तोकिएको छ।

सूचना अधिकारी जोशीले भने, ‘सर्वोच्चले तारेख दिए पनि कार्यालयको रिटमा सरकारवादी कार्यालयहरूले प्रतिरक्षा गर्न नसकिने भन्दै पन्छिएपछि समस्या भएको हो।’

उनले सो मुद्दाको प्रतिरक्षा गरिदिन सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ताको कार्यालयसँग पनि अनुरोध गरेको बताए। ‘मुद्दाको कानूनी प्रतिरक्षा गरिदिन कार्यालयबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरिएकोमा सो कार्यालयले नसकिने जवाफ दियो,’ उनले भने, ‘नेपालको संविधानको धारा १५८ को उपधारा (२) बमोजिम महान्यायधिवक्ता वा सरकारी वकिलबाट नेपाल सरकारको मात्र प्रतिनिधित्व गरिने हु“दा मुद्दाको प्रतिरक्षा महान्यायधिवक्ता वा सरकारी वकिलबाट कार्यालयबाट करार सेवामा वैतनिक कानुनी सल्लाहकारको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ।’

सूचना अधिकारी जोशीले कानुनी प्रतिरक्षार्थ जिल्ला समन्वय समितिको कार्यालयमा बजेट व्यवस्थासमेत नभएको सन्दर्भमा साविक जिल्ला विकास समिति हु“दादेखिका अन्य मुद्दाहरूको फलोअप र कानुनी प्रतिरक्षा गर्न समस्या भएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हालको संरचनाले जिल्ला समन्वय समितिको आन्तरिक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्थासमेत नभएकोले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दास“ग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शीर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ जिल्ला समन्वय समिति कैलालीको असार २६ गते बसेको छैठौं जिल्ला सभाले गरेको निर्णयमा उल्लेख छ। 

मुद्दामा कानुनी प्रतिरक्षा र फलोअपका लागि २०७७ पुस १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राय प्रतिक्रिया सहित निर्देशन माग गरिएको थियो। सो विषयमा मन्त्रालयबाट हालसम्म पनि कुनै निर्देशन प्राप्त नभएकोले पुनः बजेट व्यवस्था वा अन्य उपयुक्त विकल्पका लागि अनुरोध गर्ने सभाबाट निर्णय गरिएको छ।

कार्यालयले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘आन्तरीक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्थासमेत नभएकाले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दास“ग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शिर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन मन्त्रालयलाई अनुरोध गरिन्छ।’
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्