• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

प्रिया स्मृती गजमेर शुक्रबार, साउन १३, २०७९  ११:०१
1140x725

दाङ– लमही नगरपालिका वडा नम्बर ५ बयलडाँडाका किसान खुसीराम चौधरीले धान रोपेको दुई महिना भइसक्यो। तर, उनले सरकारका तर्फबाट न धान रोप्नेबेला मल पाए, न अहिले नै। 

उनी भन्छन्, ‘धान रोपेको दुई महिना भैसक्यो तर सरकारका तर्फबाट अहिलेसम्म मल पाउन सकिनँ। मल नहालेरै धान रोप्यौं। रोप्नुअघि नै हाल्नुपर्ने मल नपाएपछि यसपाली भनेजस्तो धान कसरी फल्ला र?’

धान रोपेको तीन साताभित्र मल हालिसक्नुपर्थो। उनी मलका लागि कैयौंपटक सहकारीमा पुगे। कृषि कार्यालयमा पनि धाए। तर, कतैबाट मल पाएनन्। अन्त्यमा उनी कोइलाबास भन्सार हुँदै भारतको तुलसीबजारमा मल ल्याउन बाध्य भए। त्यो पनि रोपाइँ सकिसकेपछि। 

उनी भन्छन्, ‘रोपाइँ हुनुअघि नै मल हाल्न पाए यतिबेलासम्म धान हरियो हुँदै झांगिसक्थ्यो। तर, समयमा मल पाइन, अहिले हालेको मलले उत्पादन कति पो हुने होला र?’

उनले तुलसीपुरबाट पनि १० नम्बरीको बोरा ल्याएका थिए। ‘तर, भन्सारमा मलभन्दा कर बढी तिर्नुपर्‍यो’, चौधरीले भने। 
त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ वनगाउँका देवेन्द्र चौधरीको पनि समस्या उस्तै छ। एक बिघा खेतको लागि उनले पनि सीमापारीको बजारमै पुगेर आफैं मल ल्याए। 

‘सरकारको भर परेको भए त सायद मेरो खेती नै हुँदैनथ्यो। पारीबाट ल्याएको मल पनि पुगेन। धान सोचेजस्तो सप्रिएको छैन’, उनले भने। 

उपल्लो दाङ उपत्यका र तल्लो देउखुरी उपत्यका धान खेतीका लागि उर्वरभूमि मानिन्छ। यहाँका अधिकांश किसानले मलबिना नै यसपाली धान रोपाइँ गरेका छन्। रोपाइँ हुनेबेलासम्म पनि मल नपाएपछि त्यतिकै रोपाइँ गर्न बाध्य भएको किसानले बताएका छन्। 

उसै त मल नपाएर धानबाली नसप्रिने चिन्ता छँदै थियो, त्यसैमाथि धानका लागि आवश्यक पानी नपर्दा किसान झन् चिन्तित भएका छन्। लामो समयदेखि पानी नपर्दा धानखेतमा धाँजा फाटेका छन्। सरकारले नै मल ल्याउन नसकेको अवस्थामा सहकारीको भर परेका किसानले यसपाली दुःख पाएको राप्ती गाउँपालिका–१ का किसान मधुकर शर्माले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले पनि भारतीय बजारका व्यापारीसँग समन्वय गरेर केही मात्रामा मल ल्याएर रोपाइँ गरेको उनको भनाइ छ। त्यही मलमा पनि कालोबजारी हुने गरेको उनको गुनासो छ। ‘पावर र पहुँच हुनेले समयमै सीमा पारीबाट मल ल्याए। तर, निम्तस्तरका किसानले मल ल्याउन सकेनन्। मलबिना नै रोपाइँ गरे’, शर्माले भने। 

नेपाल सरकारबाट अनुदानमा पाइने डिएपी र पोटासबाहेक यूरिया मल न स्थानीय सरकारले उपलब्ध गराउन सक्यो न किसानका लागि काम गर्ने सहकारीले नै। 

एक त समयमै पानी नपर्दा रोपाइँ गर्न सकस झेल्ने किसानले यसपाली मल नपाउँदा झनै दुख पाए। समयमै मल र पानीको व्यवस्था भए राम्रै आम्दानी लिने सम्भावना भएको क्षेत्रका किसान नै अहिले परिवार कसरी पाल्ने भन्ने चिन्तामा रहेको किसान सूर्यलाल केसी बताउँछन्। 

बर्खेबाली लगाउनुअघि नै स्थानीय सरकारलाई समेत मलको व्यवस्था गरिदिन अनुरोध गरेका किसान रोपाइँ सकिसकेपछि पनि मल नपाएपछि दुखित छन्। खेतीपातीबाटै जिविका चलाउने यहाँ किसान सरकारले मल ल्याउन नसकेपछि आफैं महंगो शुल्क तिरेर सीमा पारीबाट ल्याउन बाध्य छन्। 

Xtrem

Xtrem

समयमै पानी नपर्दा दाङमा यसपाली ७४ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। सरकारले अघिल्लो वर्षदेखि कोटा अनुसार मल वितरण गर्दै आएको थियो। मल वितरणको जिम्मा पाएका कृषि सामग्री केन्द्र र साल्ट्र ट्रेडिङ कम्पनीले मल आपूर्ति गर्न नसक्दा जिल्लाका किसानले पनि मल पाएनन्। 

यता साल्ट्र ट्रेडिङ कम्पनी लिमिटेड दाङका प्रमुख रामबाबु प्रसाद गुप्ताले आफूहरुसँग आउने ३० प्रतिशत मल वितरण गरिरहेको जानकारी दिए। तर, ७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी लिएको कृषि सामग्रीले मल ल्याउन नसक्दा किसानले दुःख पाएको उनको भनाइ छ।

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

जब शारदाहरु प्रवेश गर्छन् अनि महिनामा आइपुग्ने मल वर्षौंसम्म पनि आउँदैन

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ११:०१
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्