• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

64x64
धनु विश्वकर्मा शुक्रबार, साउन १३, २०७९  २१:१२
1140x725

काठमाडौं– भक्तपुर नगरपालिकाले जापानी प्रविधिद्वारा कुहिने र नकुहिने फोहर छुट्याइ कुहिनेबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरेको छ। घरदैलोबाट दैनिक रुपमा संकलित २ हजार केजी कुहिने फोहरबाट प्रांगारिक मल उत्पादन गर्न थालिएको हो। 

रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा नगरपालिकाले ३ महिना अघिदेखि नै मल उत्पादन गर्न थालेको हो। नगरपालिकाको स्यानिटेसन उपशाखा प्रमुख दिलीपकुमार सुवाल कुहिने र नकुहिने फोहर छुट्याउन भने पहिलेदेखि नै थालिएको बताउँछन्।

सुवालका अनुसार पहिले पनि कुहिने फोहरलाई परम्परागत विधिबाट संकलन गरी एकै ठाउँमा थुपारेर मल उत्पादन गरिँदै आएको थियो। तर, स्थानीय बासिन्दाले दुर्गन्ध फैलिएको भन्दै गुनासो गरेपछि जापानी प्रविधि प्रयोग गर्न थालिएको हो। 

पहिलो चरणमा ७ टन मल उत्पादन गरिएको छ। उक्त मल प्रतिकेजी २० रुपैयाँका दरले दुई टनसम्म बेचिसकिएको नगरपालिकाले जनाएको छ। भक्तपुर नगरपालिकाले दैनिक रुपमा करिब २८ टन फोहर व्यवस्थापन गर्दै आएको छ। जसमा कुहिने र नकुहिने छुट्याइन्छ। नकुहिनेमा पनि पुनः प्रयोग हुनेलाई छुट्याइन्छ। कामै नलाग्ने मात्र डम्पिङ साईट पुर्‍याइने गरिन्छ। 

कुहिने प्रकृतिका फोहरबाट उत्पादित मल हाल किसानको खेतमा पुगेको र परीक्षणमा रहेको उल्लेख गर्दै सुवालले यो मलको प्रयोगपछि निस्कने नतिजाबाट अरु नीतिगत कार्य थालनी गर्ने बताए। 

काठमाडौं महानगरपालिकाले पनि कुहिने फोहरबाट मल बनाउने प्रक्रियामा अघि बढाएको छ। महानगरको वातावरण तथा कृषि विभागका प्रवक्ता नवीन मानन्धरले कुहिने प्रकृतिको फोहरबाट प्रांगारिक मल बनाउनका लागि आर्थिक वर्ष २०७९/८० मा १ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए। 

कामपाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर संकलनको तालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तथा नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ।

फोहर व्यवस्थापन गर्नका लागि मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतको टोलीले भक्तपुरको मध्यपुर थिमि–४ स्थित रिकिसी कम्पोस्ट कम्पनीमा पुगेर अध्ययन गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रासायनिक मलको विकल्प बन्न सक्छ प्रांगारिक मल?
कृषि विज्ञहरु भक्तपुर नगरपालिकाले सुरु गरेको प्रांगारिक मल उत्पादन र यसका लागि काठमाडौं महानगरले चालेको पहल सकारात्मक भएको बताउँछन्। 

कृषिविज्ञ कृष्ण पौडेल दुवै नगरले चालेको पहल सकारात्मक भएपनि नगरबासीमा कौसी खेती वा खाली जग्गामा खेतिपाती गर्नुपर्छ भन्ने चेतना नआएसम्म यसको कार्यान्वयन पक्ष कमजोर हुने बताउँछन्। 

‘मान्छेहरुमा रासायनिक मलको प्रयोगले माटोलाई पुर्‍याउने हानीको विषयमा चेतना फैलाउन आवश्यक छ। प्रांगारिक मल घर–घरमा आफैँले बनाउन सक्ने विधि हो,’ उनी भन्छन्। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा कूल खेती गरिएको जमिनको ०.२३ प्रतिशत अर्थात् ९७८९ हेक्टरमा प्रांगारिक खेती गरिएको पाइन्छ। ‘स्टाटस अफ अर्गानिक फार्मिङ इन नेपाल २०१५’ रिपोर्टका अनुसार कृषकहरुको प्रांगारिक खेतीमा कम चासो, युवा पलायन, उपभोक्ताको कम प्राथमिकता तथा प्रविधिको विकास, जिम्मेवार निकायको संस्थागत विकास नहुनुजस्ता कारणले प्रांगारिक खेतीमा व्यापकता आउन सकेको छैन।

Xtrem

Xtrem

विज्ञका अनुसार रासायनिक मलले माटोमा हुने सुक्ष्म जीवाणुहरुको गतिविधि र सक्रियतामा कमी ल्याउने, माटोको अम्लीयपना बढाउने, सुक्ष्म खाद्य तत्वहरु उपलब्ध हुन नसक्ने भएकाले बोटविरुवाको वृद्धिविकासमा प्रतिकूल असर पुग्नेजस्ता समस्या देखिन्छ। 

तर, त्यसको तुलनामा प्रांगारिक मलको प्रयोगले माटोको बनोटमा सुधार ल्याइ खुकुलो र बुर्बुराउँदो बनाउने, माटोको पानी धारणशक्ति बढाउने, माटोमा रहने सुक्ष्म जीवाणुहरुको संख्या र सक्रियतामा वृद्धि हुने तथा बोटविरुवाको वृद्धिविकासका लागि आवश्यक हुने सबै प्रकारका खाद्य तत्व उपलब्ध हुने हुन्छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको एक अध्ययनमा रासायनिक मलको बढ्दो प्रयोगले देशभर नै माटोमा अम्लियपना बढ्दै गएको पाइएको छ। 

मल अभाव भयो भन्दै सडकमा आन्दोलन गर्न सजिलो भए पनि घरमा नै बनाउन मिल्ने गोठे मल, गड्यौली मल, कुहिने प्रकृतिका फोहरबाट बन्ने मलका बारेमा भने ध्यान नदिने गरेको कृषिविज्ञ पौडेलको भनाइ छ। 

प्रांगारिक मल प्रवर्द्धन प्रविधि प्रसार विशेषज्ञ डा. विष्णुकुमार धितालका अनुसार प्रांगारिक मल रासायनिक मलको विकल्प बन्न सक्छ। रासायनिक मल बनिनसकेको ५० वर्षअघिको स्थितिमा परम्परागत मलको नै प्रयोग गरिन्थ्यो। नेपालमा तीन दशकअघि धानको निर्यात गर्ने कम्पनी थियो। त्यो धान उत्पादन त्यही परम्परागत मलको प्रयोगले भएको उनी बताउँछन्।

पोखरा, विराटनगर र काठमाडौंजस्ता ठूला सहरी क्षेत्रमा कुहिने फोहरबाट राम्रो मल उत्पादन गर्न सकिने उनी बताउँछन्। कुहिने फोहेरलाई प्रविधि प्रयोगमार्फत् वैकल्पिक मल बनाउन सकिने उनको भनाइ छ। 

पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की रासायनिक मलको विकल्प प्रांगारिक मल भएको बताउँछन्। उनका अनुसार घर-घरमा गोठेमल बन्छ भने ठूला सहरमा कुहिने प्रकृतिका फोहर संकलन र व्यवस्थापन गरेर धुलो मल, दाना मल बनाउन सकिन्छ। र, धान, गहुँ र मकैबाहेक अरु सबै बालीमा प्रांगारिक मलको प्रयोग गर्न मिल्छ।

प्रांगारिक मल प्रयोगबाट हुने प्रांगारिक खेती सिक्किम र बंगलादेशमा सुरु भइसकेको छ। नेपालमा पनि बिस्तारै प्रांगारिक मलको उत्पादन बढाउने काम निजीस्तरबाट हुन थाल्नु सकारात्मक भएको कृषि विज्ञको भनाइ छ।

रासायनिक मल थोरै हाल्दा पुग्ने, तर प्रांगारिक मल धेरै मात्रामा चाहिने ठानिन्छ। तर विज्ञहरु रासायनिक मलको दीर्घकालीन प्रयोग बालीनालीका लागि राम्रो नहुने बताउँछन्। ‘केही समयका लागि राम्रो होला, तर कालान्तरमा आएर जमिनको विनास गर्दै जाने भएकाले पनि सरकारले बेलैमा ध्यान पुर्‍याउनु जरुरी छ,’ पूर्वकृषि सचिव कार्कीले भने। 

कसरी बनाउने प्रांगारिक मल?
प्रांगारिक मल गाईवस्तु तथा जनावरको मलमूत्रबाट बनाइन्छ। गाउँघरमा गाई, भैँसी, बाख्रालगायत जनावर पालिने हुँदा तिनीहरूको मलमूत्रबाट बनाइएको मललाई नै प्रांगारिक मल भनिन्छ। 

प्रांगारिक मल बनाउन गोबर वा वस्तुभाउको विष्टा र सोत्तर मिलाइन्छ। विष्टाको दुई गुणा सोत्तरको मात्रा राखेर मिश्रण गरी थुप्रो लगाइन्छ। त्यसलाई महिनाको एकपटक राम्रोसँग मिसिने गरी पल्टाउनुपर्छ। यसरी तीनदेखि चार पटकसम्म पल्टाएपछि प्रांगारिक मल तयार हुन्छ।

पराल, छ्वाली, उखुको पात, झारपात, स्याउला, रुखबाट झरेको पात, रुखको कलिलो डाँठ, तरकारी केलाएर फ्याँकिने बोक्रा खाल्डोमा कुहाएर प्रांगारिक मल बनाउन सकिन्छ। कम्पोस्ट मल बनाउँदा सामग्रीहरू जति साना टुक्रा भए त्यति नै छिटो र सजिलोसँग कुहिन्छ। प्रांगारिक मल बनाउन उपयुक्त चिस्यान हुनुपर्छ।

सुक्खायाममा कम्पोस्ट बनाउन सकिन्छ। कम्पोस्ट मल बनाउने खाल्डो दुई हात अर्थात् एक मिटरभन्दा बढी गहिरो बनाउनु हुँदैन। चौडाइ पनि दुई हातभन्दा बढी हुनु राम्रो हुँदैन। 

लम्बाइ भने आवश्यकताअनुसार बनाउन सकिन्छ। एक मिटर गहिरो, एक मिटर चौडा र एक मिटर लम्बाइ भएको खाडल वा थुप्रोमा करिब ४० डोको अर्थात् एक टन कम्पोस्ट मल बनाउन सकिन्छ। त्यसैअनुसार आवश्यकता अनुसार कम्पोस्ट मल बनाउन सकिन्छ।

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २१:१२
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने बुधबार, असोज १४, २०८३
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्