• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

प्रकाश पनेरु  शुक्रबार, साउन १३, २०७९  १४:१९
1140x725

अहिलेको अवस्थामा हाम्रा किसानले रासायनिक मलको हाहाकारका बीच खेती गरिरहनु परिरहेको छ। मल आपूर्तिको विषयले समग्र कृषि क्षेत्रसँगै हाम्रो अर्थतन्त्रमा पनि असर पारिरहेको छ। कुन बालीलाई कति मल आवश्यक पर्छ भनेर हामी सबैलाई थाहा छ। मुख्यत: धान खेतीका बेला मलको बढी आवश्यक पर्छ र धान खेतीकै बेला मलको अभाव पनि चुलिन्छ। 

धान बालीका लागि भनेर पहिला १०० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र ३० केजी पोटास मिलाएर १००:३०:३० को अनुपातमा एनपीपीको डोजमा सिफारिस गर्ने गरेका थियौं। यस्तो डोज पहिले सबै प्रकारका धान खेतीको लागि सिफारिस गरिएको थियो। तर, अहिले भने भूगोल, त्यहाँको धान खेती, बाली विशेषलाई हेरेर फरक–फरक डोज सिफारिस गर्ने गरिएको छ। देशको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हुने धान खेतीमा फरक फरक डोज मल आवश्यक पर्छ, र पछिल्लो समय त्यहीअनुसार सिफारिस हुँदै आएको छ।  

नेपालमा खाद्यान्न बालीको खेती धेरै गरिने हुँदा यहाँ रासायनिक मल पनि खाद्यान्न बालीमा नै बढी प्रयोग भएको पाइन्छ। अन्य बालीहरु जस्तै, उखु, आलु र किम्बु खेतीमा पनि अत्यन्तै बढी रासायनिक मल प्रयोग गरिन्छ। 

कोसेबालीको हकमा भने युरियाको भन्दा फोस्फोरस र पोटोसको प्रयोग बढी गरिन्छ। यसमा नाइट्रोजनको मात्रा कम र फोस्फोरस र पोटासका मात्रा बढी प्रयोग गरिन्छ, किनकि यो बालीमा प्राकृतिक रुपमा नै नाइट्रोजनले माटोको स्थीरिकरण बढी गर्छ। 

मलको अभाव चुलिँदा यसको विकल्पको बारेमा पनि बहस हुन्छ। धेरैले यसको सजिलो विकल्प अरु हुन सक्दैन पनि भन्छन्। तर, रासायनिक मलको विकल्प हुँदैन भन्ने हुन्न। पक्कै पनि रासायनिक मलको विकल्प हुन्छ। म यसलाई अलिकति फरक तरिकाले सोच्छु। मेरो भन्दा २ पुस्ता अगाडि भनौं वा मेरा बुवा, हजुरबुवा मात्रै पो रोजगारीका क्रममा सिफ्ट भएका हुन्। नत्र त्यहाँभन्दा अगाडिको पुस्तालाई कृषिले नै धानेको थियो। मेरै हजुरबुवा वा उहाँको पुस्ताका अरु मान्छेलाई नेपाली कृषिले थामेर राखेको हो। त्यो समयमा रासायनिक मल भन्ने पनि थिएन। उहाँको पुस्ताले त्यो प्रयोग पनि गरेन। 

त्यसैले रासायनिक मल नहुँदा नेपाल रहन्छ कि रहँदैन भन्ने सन्दर्भमा रहन्छ। यो नहुँदा पनि अगार्निक मल विकल्पको रुपमा रहन्छ। तर, सँगसँगै हाम्रो जनसंख्या वृद्धिको दर उच्च छ। त्यो भनेको खाने मुख पनि बढ्दो छ। अहिले फूड सेक्युरिटी (खाद्य सुरक्षा) र पोषणका कुरा आइराखेका छन्, योसम्बन्धी जानकारी वा चेतना पनि जनतामा हुन जरुरी छ।

हामी दुईवटा अवस्थामा छौं। एकातिर दिगोपनको लागि कुरा गर्दैछौं भने अर्कोपट्टि भोको पेटलाई खुवाउनुपर्ने अवस्थामा छौं। मेरो विचारमा गर्न नसक्ने पनि होइन। विकल्पको रुपमा अर्गानिक मल बन्छ। तर, उत्पादन पनि बढाउनु जरुरी छ। नेपालको कृषि क्षेत्रमा मध्यम खालको उपाय खोज्नुपर्ने हुन्छ। 

रासायनिक मलको आवश्यकता सबैभन्दा बढी हुने भनेको धानमा हो। त्यो धान बालीमा प्रयोग हुने युरियाको ठाउँमा धानभन्दा पहिलो ढैंचा प्रयोग गर्न सकिन्छ। तराईमा हुने धान, गहुँ खेतीप्रणालीमा आधारित छ, बाली संलग्नता भन्ने गरिन्छ जसलाई। त्यहाँ पहिलो बाली धान लगाउँ, दोस्रो बाली गहुँ लगाउँ  भने तेस्रो बाली मुङ (दाल) लगाइदिउँ। मुङ भनेको कोसेबाली हो, जसले नाइट्रोजन फिक्स गर्छ। मुङले कभर क्रपसँगै मल्चिग र ग्रीन म्यानुअरको रुपमा पनि काम गर्नेभयो। 

Ncell 2
Ncell 2
nimb
nimb

गिर्खा हुने बालीमा, दलहन बालीलाई ध्यान दियौं भने अवश्य पनि रासायनिक मलको प्रयोग कम गर्न सकिन्छ। माटोको कन्टेन्टलाई बढायौं भने यसको विकल्प नहुने भन्ने कुरा होइन। हाम्रो अनुसन्धानले प्रशस्त विकल्प देखाएका छन्। तर, हामी कुन कति कन्टेन्टमा जान्छौं भन्ने मात्रै हो।  

जस्तै अहिले माटो विज्ञान अनुसन्धान केन्द्रकै कुरा गरौं, यो केन्द्रले माटो र मलसँग आधारित भएर अनुसन्धान गर्छ। रासायनिक मलको प्रयोगले उत्पादनमा हुने बेफाइदाहरु र माटोमा ल्याउने ह्रासहरु धेरै छन् र प्रांगारिक मलको प्रयोगले माटोमा ल्याउने दिगोपनको बारेमा अध्ययन भएको छ। प्रांगारिक मलको प्रयोगले उत्पादनमा बढ्छ। यस केन्द्रले  विभिन्न बालीबस्तु विशेष कार्यक्रमअन्तगर्त जस्तै धान बाली, मकै बाली गहुँ बालीले मलको आवश्यकता र माटोको दिगोपनसँग रहेर अझै धेरै अनुसन्धान गरिराखेको छ। 

यो परीक्षण ल्याबले गर्ने कुरा हो। नेपालमा आपूर्ति हुने रासायनिक वा युरिया नेपाल सरकारले ल्याउने गरेको छ। नेपाल सरकारले ल्याबले प्रमाणित नगरिकन किनेको छैन। ल्याबले प्रमाणित गरिसकेपछि नै किन्ने हो। ल्याबमा आएको मल कसैले तलमाथि गरे, त्यो हामीले भन्न सक्ने कुरा होइन्। म आफैं भने ल्याबलाई विश्वास गर्छु। ल्याबले परीक्षण गरेर मात्र किसानकोमा मल पुग्छ।  

यदि माटोमा अर्गानिक तत्व छैन भने तपाईं जतिसुकै मल–पानी हाल्नुस्, त्यसले कुनै काम गर्दैन। अर्गानिक तत्व यस्तो चिज हो जसले पानीलाई होल्डिङ गर्ने, प्रोटिन होल्डिङ गर्ने क्षमता वृद्धि गर्छ। अर्को यसले पीएच मा एसिडिटी बढाउँछ। पीएचमा चेन्ज गरि लोअर बनाउँछ। पीएचको मान हामीले न्युट्रल चाहिँ ७ भन्छौं,  त्योभन्दा तल र माथि जाँदा विभिन्न तत्वहरुमध्ये कुनै तत्व पीएच तल आउँदाखेरी अनअभाइलेबल हुन्छ विरुवाका लागि कुनै तत्व माथि जाँदा पनि त्यस्तै असर देखिन्छ। त्यसैले हामीलाई चाहिएको भनेको पीएच भनेको त न्युट्रल हो। रासायनिक मलले पीएचलाई कि तल गर्छ कि त माथि। धेरै जस्तो त युरिया, फस्फोरस र पोटासियमको प्रयोग गर्छौं, त्यसले पीएचलाई तलमाथि गराउने भयो। त्यसैले रासायनिक मलले असर चाँही गर्छ।

Xtrem

Xtrem

अहिले रासायनिक मलको कारखाना खोल्ने कुरा गर्दै गर्दा सोच्नुपर्ने कुरा के हो भने यसबाट हामीले कति उत्पादन गर्न सक्छौं। र, कारखानलाई हामी कति काम दिन सक्छौं। लगानी गर्ने, तर वर्षमा २ महिनामात्र त्यो मेसिन चल्ने हो भने मेसिनको मूल्य पनि नउठ्ला। यसमा आर्थिक पाटोबाट पनि हेर्नुपर्ला। अहिले बजारमा अभाव छ भनेर मल उत्पादन गर्‍यो, माग एक महिनामै पुरा भयो। अनि १० महिना चाँही आवश्यक छैन भन्ने भयो भने के गर्ने?

नेपालमा मल कारखाना स्थापना गर्ने नै प्राथमिकता हो भने असम्भव भन्ने त के नै होला र, तर नेपालको मागले मात्रै हुँदैन। भारतका बजारलाई लक्षित गर्न सक्छौं भने पनि ठिकै हुन्छ। बरु सरकारले अरु युरिया उत्पादकमा सेयर नै लगानी गर्ने र वार्षिक कति पाउने भनेर त्यो लिने हो कि?  तर नेपालमै स्थापना गर्दै गर्दा त्यो इनर्जीको डिमान्ड कसरी पूरा गर्दै छौं भन्ने प्रश्न सुरु हुन्छ। त्यो तहको उर्जा हामीसँग छ कि छैन? त्यसबाट उत्पादन भएको क्वान्टिटी नेपालमै खपत गराउन सक्ने हो वा नसक्ने होर? कति महिना चल्ने हो फ्याक्ट्री? त्यो कुरामा आर्थिक फाइदा पनि हेर्नुपर्छ। त्यसै लहडमा मल उद्योग मात्र खोल्ने भनेर हुँदैन। 

हाम्रो मौलिक कृषि  अभ्यास छ। हामी पुरानो खालको कृषि अभ्यासमा रहँदै आएका छौं। त्यसलाई हेर्ने हो भने नेपालका लागि सबैभन्दा राम्रो एकीकृत खेती प्रणाली नै हो। जस्तो गाई–भैंसी पनि पालेको छ, खेती–किसानी पनि गरेको छ। जसले गर्दा गाई–भैंसीको प्रांगारिक मल कृषिमा प्रयोग हुन्छ, उता कृषिबाट उत्पादन भएको घाँस गाई–भैसीलाई खुवाउन मिलेको छ।

त्यही सिस्टममा जाने हो भने पनि सफल हुन सकिन्छ। अहिले खाने मुख बढ्दै छ। त्यही अर्गानिक तथा प्रांगारिक कृषिले हाम्रो  पेट भर्न सकिन्छ वा सकिँदैन भन्ने एउटा विषय हो।

(राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका विज्ञ पनेरुसँग गरिएको कुराकानीको आधारित) 

 

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

जब शारदाहरु प्रवेश गर्छन् अनि महिनामा आइपुग्ने मल वर्षौंसम्म पनि आउँदैन

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:१९
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध
स्पेनको जितमा यमलको २ गोल
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्