• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुप्तचरमा राजनीतिक भागबण्डा: बालुवाटारको ‘भाग’ पुर्‍याउन एआईजीको दरबन्दी थप!

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  १९:३८
1140x725

काठमाडौं– सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को दरबन्दी थप गरेको छ। 

विश्वस्त स्रोतका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले १ जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्‌को उक्त निर्णयसँगै गुप्तचरमा अब दुई एआईजीको दरबन्दी हुने भएको छ। 

आवश्यकताभन्दा पनि सत्ता गठबन्धनका दलहरुबीच भागबण्डा मिलाउनका लागि १ एआईजीको दरबन्दी थप गर्दै करिब ३ हजार जनशक्ति रहेको गुप्तचरमा एआईजीको संख्या २ पुर्‍याइएको छ। 

गत वैशाख १० गते एआईजी यादव रेग्मी अवकाशमा गएपछि सरकारले राअविमा ३ महिनासम्म  एआईजीको बढुवा नै नगरी राखेको थियो। साउन ३ गते अनिवार्य अवकाशमा जाने कूलदीप थापालाई सरकारले असार ३१ गते एआईजीमा बढुवा गरेको थियो। थापा बढुवा भएको ३ दिनमै अवकाशमा गएका थिए। त्यसपछि गुप्तचरमा १ एआईजीको दरबन्दी खाली थियो। 

उक्त १ पदमा बढुवाका लागि हुतराज थापा मुख्य दाबेदार थिए। पहिलो नम्बरका थापासहित सँगै अनुसन्धान निर्देशक (डीआईजी) भएका दोस्रो नम्बरका ओम जोशी, हरिहर पौडेल र सुनिल ढकाल मुख्य दाबेदार मानिन्छन्। २०७४ भदौ १२ गते डीआईजी भएका उनीहरु एआईजीमा बढुवा नभएको अवस्थामा आगामी भदौ १२ गते डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा जान्छन्। 

जसकारण एआईजी बढुवा हुँदै सेवामा कायमै रहेर आगामी भदौ २३ गते मुख्य अनुसन्धान निर्देशक (आईजी) बन्ने बाटो खुल्ला गर्न उनीहरु तीव्र लबिइङमा लागेका छन्। 

रोल्पा घर भएका पहिलो नम्बरका थापालाई जसरी पनि एआईजी बनाउनुपर्ने सत्तागठबन्धनको मुख्य घटक माओवादी केन्द्रले अडान राखेपछि आफू निकटका जोशीलाई समेत एआईजी बनाउने लक्ष्यसहित बालुवाटार (प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको सचिवालय)कै योजनामा १ एआईजीको दरबन्दी थप गरिएको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

हालका गुप्तचर प्रमुख यदुलाल खरेल आउँदो भदौ २३ गते अनिवार्य अवकाशमा जाँदैछन्। खरेल अवकाशमा गएपछि थापा, जोशी, पौडेल र ढकाल मध्येबाट एआईजी बनेका २ जनामध्ये १ जनाले गुप्तचर प्रमुखको कमाण्ड सम्हाल्ने अवसर पाउनेछन्।

Ncell 2
Ncell 2

राजनीतिक स्वार्थको कोपभाजनमा पर्दै आएको गुप्तचरलाई यसअघि गृह मन्त्रालय मातहतबाट  गुप्तचरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय   मातहत लैजानदेखि दरबन्दी थपघट र घटुवा गर्नेसम्मका खेल यसअघि पनि भएका थिए। 

१ जना मात्रै एआईजी दरबन्दी रहेको गुप्तचरमा २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकारले १ पद थपेर एआजईजीको दरबन्दी २ पुर्‍याउने निर्णय गरेको थियो। त्यतिबेला दरबन्दी थपेर देउवा सरकारले यादव प्रसाद रेग्मीलाई एआईजी बनाएको थियो। उनको प्रदेश समन्वय महाशाखामा पदस्थापन समेत गरिएको थियो।

सिफारिस
गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!

एआईजी पद थपेर रेग्मीलाई बढुवा गरेलगत्तै देउवा सरकारबाट हटे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। देउवाले थपेको एक एआईजीको दरबन्दीमा ओलीले कैंची चलाए। कतिसम्म भयो भने देउवाले बढुवा गरेका रेग्मीलाई घटुवा गरेर ओली सरकारले डीआईजीमै झारेको थियो। 

त्यसपछि आफूलाई अन्याय भएको भन्दै रेग्मी सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई एआईजीमै राख्नुपर्ने आदेश दिएपछि रेग्मीले पुनः एआईजी भएर काम गरे। 

उनी सेवामा रहुन्जेलका लागि मात्रै २ एआईजी रहने र उनी अवकाशमा गएसँगै १ मात्रै एआईजी रहने निर्णय ओली सरकारले गरेको थियो। अहिले फेरि देउवा सरकारले १ एआईजीको दरबन्दी थप गर्दै गुप्तचरमा एआईजीको संख्या २ पुर्‍याएको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्