काठमाडौं– व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छन्। ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा उनी शुक्रबार जेल चलान भएकी हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको इजलासले जेल चालनको आदेश दिएको हो। ठगी र संगठित अपराधको कसुर लागेकी तामाङ विगत केही महिनादेखि फरार थिइन्।
उनलाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले काठमाडौंको रामशाहपथबाट पक्राउ गरेको थियो।
सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थाका वचतकर्ताहरुको पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार ठगी गरेको पाइएको थियो।
बिगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाएको भन्दै १ हजार ५३० जना पीडितहरुले ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिएका थिए।
सोही जाहेरीको आधारमा उक्त संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा इच्छाराज र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि लागि थुनामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।