• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काम सकेपछि रकम लिएर ठेकेदार सम्पर्कविहीन, मजदुरले पाएनन् ज्याला

प्रियास्मृति गजमेर मंगलबार, साउन ३, २०७९  १७:२९
1140x725

दाङ– गाउँमै योजनाको काम आएपछि लमही नगरपालिका–४ सेमरहजाकी कृष्णा चौधरीले केही रकम आउने आशले काम गरिन्। काम सम्पन्न भएपछि रम बुझ्नेबेला भने ठेकेदार भने फरार भए। अहिले उनी आफ्नो ४५ दिनको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धाउन बाध्य छिन्। 

‘खेतमा बर्खे बाली लगाउनेबेला भएको छ। मल, बीउ किन्न छ। काम गरेको रकम आउला र किनौंला भन्ने सोचेकी थिए’, चौधरीले भनिन्, ‘काम सकिएपछि रकम दिनेबेला ठेकेदार नै भागे। त्यहि भएर रकम दिलाउन माग गर्दै नगरपालिका आएकी हुँ।’

यस्तै सोही वडाको घुम्नाकी पवित्रा चौधरीले पनि पक्की नाला निर्माण योजनाको काममा ठेकेदारलाई आफ्नो ट्रयाक्टर दिइन्। उनको ट्रयाक्टरले काम गरेको एक लाख ७५ हजार रुपैयाँ लिनुछ। तर, अहिले काम लगाउने ठेकेदार नै सम्पर्कविहीन छन्। सोही कारण कृष्णसँगै पवित्रा पनि आफ्नो रकम माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिन पुगिन्। 

सेमरहवाकै विष्णु चौधरीको पनि १६ दिन काम गरेको रकम लिनुछ। काम सकेपछि अब त पारिश्रमिक पाइएला भन्ने आशमा रहेकी विष्णु ठेकेदार सम्पर्कविहीन भएपछि अन्यायमा परिन्। नगरपालिकाको योजना भएका कारण आफूहरुको पारिश्रमिक नगरपालिकाले नै दिलाइदिनुपर्ने उनको माग छ।

 

उनीहरुमात्रै होइन, यहाँका दर्जनौं महिलाले उक्त योजनामा काम गरेको पारिश्रमिक पाएका छैनन्। महिलाहरु काम गरेको पारिश्रमिक नपाएको उजुरी लिएर नगरपालिका पुगेपछि थाहा भयो, काम गराउने व्यक्ति पहिलो ठेकेदार रहेनछन्। उनी तेस्रो रहेछन्। मुख्य ठेकेदारले कामको जिम्मा लिएर पेटी ठेकेदारलाई दिएका थिए। दोस्रो ठेकेदारले पनि अर्को तेस्रो व्यक्तिलाई दिएर काम गर्न लगाएका रहेछन्। 

वडा नम्बर ४ को सेमरहवामा पक्की नाला निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ का लागि लमही नगरपालिकाले ५५ लाख रुपैयाँ विनियोजन गरेको थियो। उक्त नाला निर्माणका लागि रामकृष्ण निर्माण सेवा कम्पनीले ठेक्का पायो। 

सम्झौताअनुसार कम्पनीले एक हजार ५ सय मिटर पक्की नाला निर्माण गर्नुपर्ने थियो। समयमै काम सम्पन्न भएपछि नगरपालिकाले भुक्तान पनि गरिसकेको छ। तर, अहिले काम लगाउने व्यक्ति नै फरार भएपछि उक्त नाला निर्माणमा काम गरेका सबै ज्यामीले पारिश्रमिक पाएका छैनन्। 

Ncell 2
Ncell 2

ठेक्का पाएको रामकृष्ण निर्माण सेवा कम्पनीले उक्त काम दाङको दूधरासका सोभाराम कँवरलाई दियो। कँवरले पनि उक्त काम नगरेर तेस्रो पेटी ठेकेदार सल्यानका नवीन थापालाई दिए। थापाले पनि आधा काम गरेर छाडे। त्यसपछि सभोराम आफैंले उक्त काम पूरा गराए। 

अहिले रकम दिनेबेला भने थापा र कँवर दुवै जना सम्पर्कविहीन बनेका छन्। सोही कारण महिलाहरु आफ्नो पारिश्रमिक माग गर्दै नगरपालिकाको कार्यालयमा धर्ना दिन पुगेका हुन्।  

नगरपालिकाका इन्जिनियर सौगात ओलीका अनुसार कम्पनीले काम सम्पन्न गरेको सबै प्रमाण पेस गरेका कारण नगरपालिकाले सबै भुक्तानी दिइसकेको बताए। उक्त कामका लागि ५० जना महिला लगाइएको थियो। तर, त्यसैमा पनि फरक–फरक ज्याला तोकिएको पीडित महिलाहरुको गुनासो छ। कसैलाई केही रकम दिइएको छ भने कसैलाई अहिलेसम्म काम गरेको एक रुपैयाँ पनि दिइएको छैन। 

यता कम्पनीका प्रतिनिधि गिरिराज न्यौपानेका अनुसार कम्पनीले मौखिक सहमति गरेर सोभाराम कुँवरलाई उक्त काम दिइएको थियो। यता सभोरामले काम सम्पन्न भएपछि कम्पनीसँग सबै रकम लिइसकेका छन्। 

कामदारले रकम नपाएको भन्ने गुसोना गरेको भन्दै न्यौपानेले आफूहरुले सोभारामलाई सबै भुक्तान गरिसकेकाले कामदारको रकम पनि उनले नै दिनुपर्ने बताए। सोभारामले कामको जिम्मा दिएका पेटी ठेकेदार नवीन थापा काम बीचमै छाडेर भागेका थिए। त्यसपछि भने सोभाराम आफैंले नौ महिना लगाएर काम सम्पन्न गराएका थिए।

गत बिहीबार रकम माग्दै नगरपालिका पुगेका महिलाहरुलाई कम्पनीका प्रतिनिधि गिरिराज न्यौपानेले सोभारामलाई उपस्थित गराएर पारिश्रमिक दिलाउने आश्वासन दिएका छन्। तर, महिलाहरुले भने नगरपालिकासँग मुख्य ठेकेदारबाटै भए पनि आफ्नो पारिश्रमिक उठाइदिन माग गरेका छन्। 

यता लमही नगरपालिकाका न्यायिक समिति सदस्य केशवकुमार अधिकारीका अनुसार रामकृष्ण निर्माण कम्पनीका मुख्य ठेकेदार नगरपालिकाको सम्पर्कमै रहेका छन्। मुख्य ठेकेदार र अन्य दुवै पेटी ठेकेदारलाई बोलाएर छलफल गर्ने र समस्या समाधान गर्ने अधिकारीले बताएका छन्। 

यस विषयमा सोभाराम कँवरलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुनसकेन। अहिले मुख्य ठेकेदारले आफूबाट पनि सोभारामले रकम लगिसकेको र उनैले दिने भनेपछि महिलाहरु कोसँग पारिश्रमिक माग्ने भन्ने विषयमा अन्योलमा छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुन... आइतबार, पुस १३, २०८२
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरुङतर्फ जान सुरु गरेका हुन्। आइतबार, पुस १३, २०८२
क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्