काठमाडौं- पानीको बारिङ खन्ने क्रममा काठमाडौं जोरपाटीमा निस्किएको ग्यास मिथेन भएको पुष्टि भएको छ।
जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो।
उक्त ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका कर्मचारीहरु स्थलगत अध्ययनका लागि घटनास्थल गएका थिए।
खानी तथा भूगर्भ विभागको विज्ञहरुको टोलीको भनाइलाई उदृत गर्दै उक्त ग्यास मिथेन भएको गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले जानकारी दिए।
नगर प्रमुख रिसालका अनुसार ग्यास निरन्तर रुपमा निस्किइरहेको छ। उक्त क्षेत्रमा आगलागी लगायतका दुर्घटना नहोस् भनेर दमकल र सुरक्षाकर्मीहरु तैयारीका साथ राखिएको उनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।