काठमाडौं– काठमाडौं महानगरपालिकाले थप ३ वटा अग्नि नियन्त्रक यन्त्र (दमकल) खरिद गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका छन्।
मेयर शाहका अनुसार यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा सुरु भएको खरिद पक्रियाअनुसार ३ वटा दमकल आइपुगेका हुन्।
'महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ। सोहीअनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,' मेयर शाहले भने।
दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको मेयर शाहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।