काठमाडौं– घुस बार्गेनिङको अडियो बाहिरिएपछि त्यसमा मुछिएका कानुन व्यवसायी रुद्रप्रसाद पोख्रेललाई सात दिनभित्र जवाफ भनेर सार्वजनिक सूचना जारी गरिएको छ।
नेपाल कानुन व्यवसायी परिषद्ले उनका नाममा सात दिने सूचना जारी गरेको हो। उच्च अदालत बार एसोसिएसन पाटनका सदस्य पोख्रेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालसँग घुस डिल गरेको अडियो केही समय पहिले बाहिरएको थियो।
व्यवसायी इच्छाराज तामाङको मुद्दामा उनीहरूबीच घुस डिल भएको अडियो सार्वजनिक भएको थियो। अडियो बाहिरिएपछि पोख्रेल सम्पर्कविहीन भएका छन्।
यता, न्याय परिषद्ले न्यायाधीश कोइरालालाई निलम्बित गरिसकेको छ। परिषद्ले पनि छानबिन समिति बनाएर काम गरिरहेको छ।
छानबिन समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।