अर्घाखाँची–अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टंक खनाल रहेका छन्।
बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए। गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।