पोखरा–प्रहरीले पोखराबाट एटीएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।
असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।
मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।