काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन्।
भारतको तीन दिने भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा उनले डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी गरेकाे उनले बताए। उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे।
प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग लामो भेट भएको र त्यो छलफल फलदायी भएको पनि बताए।
उनले सात वर्षपछि विदेशमन्त्री एस जयशंकरसँग भेट भएको उल्लेख गरे। नेपालमा संविधान जारी गर्दा जयशंकरसँग त्यति राम्रो सम्बन्ध नभए पनि अहिले निकै फलदायी भेटवार्ता भएको बताए। नेपाल–भारत सम्बन्धका विषयमा निकै खुल्ला छलफल भएको भनि विदेशमन्त्री जयशंकरले सार्वजनिक रुपमा भनेको भन्दै प्रचण्डले आफ्नो भ्रमण सफल भएको दाबी गरे। आफूले सन् १९५० को सन्धि पुनरावलोकनदेखि डुबान र इपीजी प्रतिवेदनसम्मको विषय आफूले उठाएको बताए। अध्यक्ष प्रचण्डले आफूले सार्वजनिक रुपमा बोल्नेदेखि नेताहरुसँग सोही कुरा गरेको बताए।
तेल रुसबाट आउने तर नेपालमा महंगो पर्ने कुरा पनि उठाएको उनले दाबी गरे। उनले आफू नेपाल फर्केदा निकै आसावादी भएको दावी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।