फाइल तस्बिर
काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन्।
भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको दाबी गरे।
प्रचण्डले आफ्नो भारत भ्रमणबारे नेपालीहरुमा निकै ठूलो उत्साह र चासो देखिएको पनि बताए। यसपटकको भ्रमण आफू प्रधानमन्त्री भएर जाँदाभन्दा केही फरक नभएको उनको भनाइ छ। उनले विदेश सचिव विनयमोहन क्वात्रासँग लामो भेट भएको र उक्त छलफल फलदायी छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।