काठमाडौं– गत वर्ष पोर्नोग्राफीको मुद्दामा फसेका राज कुन्द्राले अभिनयमा डेब्यु गर्ने भएका छन्। गत वर्ष पोर्नोग्राफीको मुद्दामा ६४ दिनसम्म जेलमा बसेका उनी ‘युटी नम्बर ६९’ नामक फिल्ममार्फत् अभिनयमा डेब्यु गर्न लागेका हुन्।
कुन्द्राको यो फिल्मको छायांकन मुम्बईमा भएको छ। छायांकनका लागि मुम्बईको ‘सब अर्बन’ क्षेत्रस्थित उद्योगलाई प्रयोग गरिएको छ। फिल्मको नाम राज कुन्द्रा कैदीका रुपमा रहेको जेलको कोठा नम्बरलाई लिएर बनाईएको छ।
१८ दिनमा छायांकन पुरा भएको यो फिल्मलाई हाल ओटिटी माध्यम प्राइम भिडियोमार्फत रिलिज गर्ने तयारी भइरहेको छ।
फिल्ममा कुन्द्राले आफ्नै भूमिका खेलेका छन्। जेलमा बस्दाको समयमा भएको अनुभवको कथा फिल्ममा देखाइएको छ। गुपचुप रुपमा छायांकन गरिएको यो फिल्ममा उनी बाहेक कुनै अन्य स्टार कास्ट सामेल नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।