• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दाङका सडकमा खाल्डाखुल्डी, बढ्यो दुर्घटना

प्रिया स्मृति गजमेर, दाङ आइतबार, साउन १, २०७९  १३:२६
1140x725

दाङ- लमही नगरपालिका वडा नम्बर ४ भैस्कोर्मा निवासी रामलाल चौधरी तरकारी व्यापारी हुन्। उनी प्रत्येक दिन घोराही तुलसीपुरसम्म पुगेर तरकारी बिक्री गरेर घर फर्किन्छन्।

बिहान चार बजे उठेर लमही, घोराही हुँदै तुलसीपुर सम्मका तरकारी पसलेलाई तरकारी छोड्न पुग्नु पर्ने दैनिकी थियो उनको।  

केहि दिन अघि मोटरसाइकलमा तरकारी बोकेर लमहीबाट घोराही जाँदै गर्दा लमही घोराही सडक खण्डमा परेको ठूलो खाडलमा परेर उनलाई गहिरो चोट लाग्यो।  उनी सवार मोटरसाइकल खाडलमा परेर पल्टिँदा दाहिने खुट्टाको हड्डी फ्याक्चर भएको छ। अहिले उनी घरमा आराम गरिरहेका छन्। रामलाल जस्तै दुर्घटनामा पर्ने घाइते हुनेको संख्या धेरै छ भने कतिको ज्यानै जाने गरेको छ। 

केहि वर्ष अघि नेकपा एमाले प्रदेश सभा सांसद उत्तरकुमार ओली पनि यहि सडक खण्डमा दुर्घटनामा परेर ज्यान गुमाएका थिए। ओली पछि एमाले सचेतक शान्ता चौधरी सवार रहेको सरकारी गाडी सडक किनार देखि पाँच सय मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो तर उक्त समय गाडीमा चालक मात्र थिए।  

लमही – घोराही हुँदै तुलसीपुर पुग्ने र तुलसीपुरबाट सुर्खेत निस्किने यो सडक अत्यन्तै जीर्ण अवस्थामा पुग्दा समेत निर्माण तथा मर्मत कार्यमा राज्यले ढिलाइ गरिरहेको छ। घोराही तुलसीपुर सडक खण्डमा सडक निर्माण गर्दा बनाएको खाल्डोमा परेर एक जनाले ज्यान गुमाएका थिए।  यस्ता घटना जिल्लाभरि धेरै भएका छन्। राज्यले यस्ता घटनालाई सामान्य रुपले लिएको स्थानीयको गुनासो छ।  उक्त सडक खण्डमा प्राय: दुर्घटनाका घटना भइरहेका हुन्छन्। 

गत आर्थिक वर्ष २०७७/७८ मा मात्र लमही घोराही सडक खण्डमा एक दर्जन बढी सवारी साधन दुर्घटनामा परेका छन्। सोहि आर्थिक वर्षमा ठेकेदारले समयमा पुल निर्माण नगर्दा लमहीदेखि घोराही जाँदै गरेको कार दाङको सिस्ने खोला तर्दै गर्दा खोलाले बगाएर चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त पुल अझै सम्म निर्माण सम्पन्न भएको छैन।  

केन्द्र र प्रदेशको मन्त्री मण्डलमा दाङबाट पनि मन्त्री हुनेको कमी छैन तर सडकको अवस्था सुधारमा कसैको ध्यान पुग्न सकेको छैन। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि लमही घोराही सडक निर्माण गर्ने आफ्नो बिशेष पहल रहने उद्घोष गरेका थिए। तर उनको आश्वासन पनि पूरा हुन सकेको छैन। 

road dang1658043651.jpg

Ncell 2
Ncell 2
nimb
nimb

सडक जीर्ण हुँदा दुर्घटना बढ्यो – जिल्ला ट्राफिक प्रमुख परियार 
बाटो साँघुरो हुनु र  सडकमा ठूला-ठूला खाल्डा खुल्डी हुनु नै दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले बताए। 'दिनप्रतिदिन सवारी साधनको चाप  उतिक्कै बढ्दो छ, एकले अर्कालाई उछुन्नेर अगाडी जानु परेको छ, अझ त्यसैमाथि भनौं भने सडकको दुरदशा यस्तो छ, त्यहि भएर पनि दिनहुँ जसो दुर्घटनाहरु भैरहेका छन्'

परियारले भने। दाङको कुनै पनि स्थानमा सडक सुरक्षित भएको देखिएन। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष दुर्घटना बढेको ट्राफिक प्रहरीले दिएको तथ्यांकले देखाउँछ। 

'पश्चिम दाङ तिर पनि सडक बिग्रेको छ, कतै भैंसी आहाल बस्ने जस्ता खाल्डा छन् कतै कालोपत्रे उप्किएर खाल्डो पर्ने र पानी जम्मा हुने समस्या पारेको छ' प्रमुख परियार भन्छन्। 

देउखुरीको राप्ती पारि पनि सडक निर्माण भइरहेकको सडक निर्माणका लागि सडकमै राखेका सामाग्रीले पनि दुर्घटना निम्त्याएको उनले बताए । ट्राफिक प्रहरीका अनुसार दुर्घटनाको उच्च जोखिम क्षेत्र लमही– घोराही सडक हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६ महिनाको अवधिमा २७ प्रतिशत काम – सडक डिभिजन दाङ 
लमहीदेखि तुलसीपुर सम्मको सडक निर्माण गर्ने भनेर जिम्मा पाएका निर्माण सेवा कम्पनीले काम नगरे पछि सडक निर्माणको काम ढिला भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनिएर अमिर सुबेदीले जानकारी दिए । 'यो रुटको बाटो पूरै ध्वस्त हुन लाग्दासमेत काम गर्ने जिम्मा पाएका निर्माण सेवा कम्पनीले तदारुकता नदेखाएपछि सडक डिभिजन आफैंले अग्रसरता देखाएको हो' सुबेदीले भने। निर्माण सेवा कम्पनीले निर्माण कार्यबाट हात झिकेपछि सडक डिभिजन कार्यालय दाङले केन्द्रमा जानकारी गराएको इन्जिनिएर सुबेदीको भनाइ छ। अहिले विभागले लमही तुलसीपुर सडक निर्माणको योजनालाई टुक्र्याएर दुईवटा बनाइ काम सुरु गरिरहेको छ। 

लमहीदेखि दाङको कुइरेपानीसम्म सडक डिभिजन कार्यालय दाङ‍ आफैंले काम गरिरहेको छ भने कुइरेपानी देखि तुलसीपुर सम्म अर्को आयोजनाले काम गरिरहेको कार्यालय जनाएको छ। कार्यालय आफैंले काम गरिरहेको क्षेत्रमा ६ महिनाको अवधिमा करिब सत्ताइ प्रतिशत काम भएको जनाएको छ। आज सम्म काम सम्पन्न भैसकेको हुनु पर्ने हो तर सुरुमा काम गर्ने जिम्मा पाएका लक्ष्मीपूजा निर्माण सेवा प्रालि र रोयल विल्डर्सले काम नगर्दा ढिला भएको कार्यालयका इञ्जिनिएर सुबेदीले स्वीकार गरे।

road dang21658043691.jpg

निर्माण व्यवसायीका कारण काममा ढिलाइ भयो – आयोजना प्रमुख 
दाङको बबईदेखि तुलसीपुर बजारसम्म सडक फराकिलो र कालोपत्रे गर्ने जिम्मा पाएको भालुवांग – बाग्दुला भिमगीट्ठे –चनौटा – कृष्णनगर लमही घोराही –तुलसीपुर सडक आयोजनाले हाल सम्म बाह्र प्रतिशत मात्र काम गरेको आयोजना प्रमुख प्रमुख अर्जुन बमले जानकारी दिए। निर्माण व्यवसायीले कुनै न कुनै बहानाबाजी गरेर काममा ढिलाई गरिदिँदा समयमै काम हुन नसकेको उनले दाबी छ। 

'यो योजनाको काम २०७५ सालमा सुरु भएको थियो। काम सुरु गरेको केहि समयपछि कोरोनाले काम रोकियो, कामदारले काम गर्न मानेनन्। कोरोनाले थिला थिला परेको अर्थ व्यवस्था धरासायी भएका बेला निर्माण कार्यले पनि गति पाउन सकेन' प्रमुख बमले भने। कोराना कहरले ध्वस्त बनाएको बेला फेरी महंगी, तेलको मूल्य बढ्नु यो कामको लागि अभिषाप नै बनेको आयोजनाको ठहर छ। 

बिभिन्न समस्याले गर्दा तीस महिना लगाएर पनि काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको उनको भनाइ छ। आयोजनाले बबई देखि तुलसीपुर बजार सम्म २८ किलोमिटर सडक फराकिलो र कालोपत्रे गर्नु पर्ने छ। त्यस मध्ये १४ किलो मिटर दुई लेन र बाँकी फोरलेनको काम गर्नु पर्ने उनको भनाइ छ। एक अर्ब २२ करोडको यो योजना अबको चौध महिनामा सम्पन्न गर्ने गरि काम भैरहेको आयोजना प्रमुख बमले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्