• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विद्यालयको बिजोग : एक विद्यार्थी, चार शिक्षक !

64x64
ललित बोहरा सोमबार, साउन २, २०७९  ०७:३९
1140x725
विद्यालय पोशाकमा रहेका विद्यार्थी मात्रै विद्यालयमा भर्ना छन्। बाँकी दुई जना भर्ना भएका छैनन्।

डडेल्धुरा– ‘अभिभावकज्यू नमस्कार, कता हिड्नु भयो कुन्नि? तपाईंको विद्यार्थीका बारेमा एकछिन कुरा गरौँ कि?’ 

अमरगढी नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बाहिरपट्टी यस्ता साइनबोर्ड झुन्ड्यायो। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन भन्दै यी साइनबोर्ड तयार पारियो। 

मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन पनि गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन पाएनन्।

तर, विद्यालय समायोजन र गुणस्तरीय शिक्षाको नारा लिएर अघि बढेको अमरगढीले सोचे अनुरूप शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन भने सकेको छैन। समायोजनपछि ३ कक्षासम्म मात्रै पठनपाठन गर्न पाउने यहाँका अधिकांश विद्यालयको अवस्था दयनीय बन्दै गएको छ। नगरको लगानी समेत ‘बालुवामा पानी’जस्तै भएको छ।

यसैको एक उदाहरण हो, अमरगढी नगरपालिका–३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाँडाकोट, पथरोडा। २०४९ सालमा स्थापना भएको यो विद्यालयमा कुनै समय विद्यार्थीको संख्या उल्लेखनीय हुन्थ्यो।

तर, विद्यालय समायोजनपछि एक जना विद्यार्थी मात्रै विद्यालयमा पढ्नका लागि आउने गरेका छन्। ती विद्यार्थी पनि विद्यालयमा कार्यरत शिक्षिकाको छोरा हुन्। 

‘नयाँ शैक्षिकसत्रमा २१ जना विद्यार्थी भएका हुन्। भर्ना भएकामध्ये अहिले एक जना मात्रै विद्यालयमा पढ्न आउने गरेका छन्। ती पनि बालविकासमा पढ्छन्,’ विद्यालयकी शिक्षिका आरती सुनारले भनिन्, ‘४ र ५ कक्षामा ठूला–ठूला विद्यार्थी हुन्थे। ती विद्यार्थीसँगै स–साना बालबालिका आउँथे। अहिले उनीहरूले आफूसँगै लैजाने गरेका छन्।’

विद्यालयमा हाल चार जना शिक्षक र एक कार्यालय सहयोगी कार्यरत रहेको शिक्षिका सुनारले बताइन्। दुई जना स्थायी र दुई जना अस्थायी रहेको उनको भनाइ छ। उनीहरू विद्यालयमा नियमित आइरहेका छन्। तर, विद्यार्थी नहुँदा समय व्यतित गर्नै समस्या हुने गरेको सुनार बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छिन्, ‘पालैपालो विद्यार्थीलाई पढाउँछौं। प्रअ सरले प्रशासनिक काम गर्नुहुन्छ। हामी बसेरै बिताउँछौं। गाउँलेहरूले समेत बसेरै तलब खानुहुन्छ भन्छन्। यो भन्दा कतै समायोजन गरिदिए काम गरेर पारिश्रमिक लिएका छौं भन्न हुन्थ्यो।’

विद्यार्थीको संख्यामा कमि आयो भनेर ४ र ५ कक्षा घटाल माध्यमिक विद्यालय नुवाकोटमा समायोजन भएको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह भण्डारीले बताए। विद्यार्थीको संख्यामा किन कमि? भन्ने प्रश्नमा उनले भने, ‘केही हाम्रा पनि कमजोरी होलान्। गुणस्तरीय शिक्षा नदिन पनि सकेका हुन सक्छौं। तर, सामायोजनले गर्दा समस्या भयो।’

प्रअ भण्डारीले जिल्ला सदरमुकाम र गाउँमा स्कुल बस चल्ने भएकोले पनि विद्यार्थी सदरमुकामतिर जान थालेको बताए। उनी आर्थिक उन्नतीको हिसाबले संस्थागत विद्यालयमा विद्यार्थी पढाउने होडबाजीले समेत विद्यार्थीको संख्यामा कमी आएको बताउँछन्।

के भन्छन् अभिभावक?
सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोले पनि विद्यार्थीको संख्या घटेको स्थानीय धिरज भण्डारीले बताए।

Xtrem

Xtrem

‘म पनि पहिले पाँचसम्म पढेको थिएँ। पढाइ राम्रो थियो। तर, अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै आफ्नो छोरा संस्थागत विद्यालयमा पठाएका छन्’ उनले भने, ‘विद्यालयसँग सम्बन्धित व्यक्तिका छोराछोरी बाहिर गएर पढ्न थालेपछि अरुको पनि विद्यालयप्रति विश्वास घट्दै गयो।’

विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारी यहाँका राजनीतिक दलले पुहँचका आधारमा भर्ना गरेकोले पनि स्थानीयले विद्यालयमा विद्यार्थी पठाउन छोडेको अर्का स्थानीयवासी वीरबहादुर ऐरले बताए।

स्थानीय तहको उदासिनता
सरकारले माध्यमिक तहसम्मको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। यद्यपि, स्थानीय तहको उदासिनताले सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ। 

विद्यालयको अवस्थाबारे विद्यालयले नगरपालिकालाई जानकारी गराइसकेको छ। विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको र विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरबन्दी समायोजन गरिदिन विद्यालय प्रशासनले वडा र नगरलाई पत्र समेत पठाइसकेको छ।

तर, अमरगढी नगरपालिका मौन रहेको छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्दा संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएका थुप्रै उदाहरण छन्। तर, यो विद्यालयको अवस्था टिठ लाग्दो छ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्