सांकेतिक तस्बिर
राजविराज-सप्तरीको बोदे बर्साइन नगरपालिकामा शनिबार भएको आगलागीमा परेर तीन जना घाइते भएका छन्। बोदे बर्साइन १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन्।
आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइते भएका हुन्। घरमा रहेको एक थान ठूलो सिलिण्डर र दुई थान सानो सिलिण्डर पड्किएर उछिट्टँदा उनीहरू घाइते भएका हुन्।
आगलागीमा खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ। खगेन्द्रको घरमा रहेको नगद रु एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी एक थान साइकल र सिलिण्डरलगायत सामान जलेर नष्ट भएको पीडितले जनाए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।