पर्वत-पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए।
गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।
शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ । कपडा सुकाउने तारमा विद्युत्को करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुरुङका दुई छोरी, एक छोरा र श्रीमती छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।