काठमाडौं–सहरी विकासमन्त्री मेटमणि चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा नागरिकसँग प्रत्यक्ष भेट गरी सुझाव संकलन गर्न सुरु गरेका छन्।
भगवती मावि साँखुमा शुक्रबार आयोजित ‘विद्यार्थीसँग मन्त्री’ कार्यक्रममा उनले व्यवस्थित सहर निर्माणबारे विद्यार्थीका प्रश्नको जवाफ दिँदै समाधानका उपाय प्रस्तुत गरे।
विद्यार्थीका सुझाव गम्भीरतापूर्वक सुनेका मन्त्री चौधरीले जनस्तरबाट आएका सुझावका आधारमा फोहरको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाए। प्रतिबद्धताविना कुनै पनि काम सम्पन्न नहुने बताउँदै उनले भने, ‘म तपाईँमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ। यहाँहरूका सुझाव कार्यान्वयन गर्छु।’रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।