काठमाडौं–न्याय परिषद् बैठकले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि उच्च अदालतका न्यायाधीश रेणु साह बर्खास्तीमा परेकी थिईन्।
बैठकले जिल्ला अदालत बर्दियाका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ। त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत गराउने निर्णय परिषद्ले गरेको एक सदस्यले बताए।
अन्सारी र शाह खराब आचरण र कार्यक्षमताको अभावमा बर्खास्तको सिफारिसमा परेका हुन्। परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उनीहरुलाई बर्खास्त गर्ने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।