काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित समारोहबीच उनीहरुले सपथ लिएका हुन्। उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।
सपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलंका), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्रसंघ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बंगलादेश) छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।