काठमाडौं– मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा रहने गरि फिल्म ‘बिजुलीः च्याप्टर १’ को घोषणा भएको छ। फिल्मको निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरेको हो।
विकास गिरीको निर्देशनमा बन्ने फिल्मको लेखन पनि उनैले गरेका छन्। बासुकी फिल्म्सको ब्यानरमा बन्ने फिल्मलाई लुना केसीले निर्माण गर्न लागेकी हुन्। फिल्ममा मुकुन र बेनिषासँगै कालु राना पनि अनुबन्धित भएका छन् भने बाँकी कलाकारलाई छिट्टै अनुबन्धन गरिने बताइएको छ।
भदौको तेस्रो साताबाट छायांकनमा जाने बताइएको फिल्मलाई हरि घले लामाले खिच्नेछन्। सत्य, त्रेता, द्वापर र कलियुग गरि चार युगका प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको सिरिज नै बन्ने निर्देशन गिरीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।