काठमाडौं– भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज शुक्रबार दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ।
भारतले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगंगा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्नेछ ।
जसका कारण महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।
सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।