काठमाडौं– लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरेको छ।
लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिलाई सात दिनभित्र निवेदन पेस गर्न भनेको छ।
निवेदनका साथ मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधिको उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, कम्तीमा १५ वर्ष विश्वविद्यालय तहमा प्राध्यापन वा अनुसन्धान कार्य गरी प्राध्यापकको उपाधि हासिल गरेको प्रमाणहरूको प्रतिलिपिलगायत कागजात पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
शैक्षिक योग्यता, सेवा अवधि/अनुभव र कार्ययोजनासहितको विश्वविद्यालय विकास प्रस्ताव र त्यसको प्रस्तुतीकरणलाई छनोट विधि र मूल्यांकनका आधार मानिने सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।