काठमाडौं– शुक्रबार देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अुनसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको छ।
शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।