काठमाडौं– पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा ल्याएको छ। यस संग्रहमा ८७ कविताहरू संग्रहित छन्।
'प्वाँख' कविता संग्रह हालसालै एउटा समारोहबीच अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो। कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्।
पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतालाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वर्षौंदेखि जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'
कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली 'सुफि-शैलीका कविता' भन्न रूचाँउछन्।
'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ', पुस्तकबारे कवि नवराज पराजुली भन्छन्, 'सायद मेरो हृदयको अन्तर्ध्वनि थियो। उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ। सायद मेरो हृदयको अन्तर्झिल्का थियो। तर, कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ। आज कविताले नवीनलाई चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ।'
'प्वाँख'को मूल्य नेपाली बजारका लागि २९५ रुपैयाँ रहेको छ। पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ। ईबुकको प्रतिलिपि थुप्रै डटकमबाट पनि किन्न सकिन्छ। यो पुस्तक विश्वव्यापी रूपमा भने अमेजनमार्फत् उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।