काठमाडौं–भृकुटीमण्डपस्थित समाज कल्याण परिषद् तथा राष्ट्रिय अपांग कोषको गोदाम घरमा लागेको आगो नियन्त्रणमा आएको छ।
बुधबार दिउँसो साढे २ बजेबाट सुरु भएको आगो काठमाडौं तथा ललितपुर महानगर, विमानस्थल, नेपाल प्रहरीसहितका ८ वटा दमकल, प्रहरी तथा सेनाको सहयोगमा करिब ५ घण्टापछि नियन्त्रणमा आएको हो।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र प्रारम्भिक रुपमा करोडौंको क्षति भएको बुझिन आएको प्रहरीले जनाएको छ। आगलागीको कारण बुधबार साँझसम्म खुलेको छैन। आगलागीका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।