काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउपालिका १ श्याम्चेतमा वर्षाका कारण पहिरो जाँदा विस्थापित भएकाहरुको तत्काल उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमि हुन नदिन निर्देशन दिएका हुन्।
पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवैतिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए। पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको आचार्यले बताए।
पहिरोले ६ वटा घर पुरेको छ। मानवीय क्षति नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।