भैरहवा- जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
लु४०प ५९८९ नम्बरको मोटरसाइकल आफैँ नियन्त्रण गुमाएर मंगलबार बिहान दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।