काठमाडौं– वैदेशिक रोजगारीमा रहेकी आफ्नी श्रीमतीको तस्बिर दुरुपयोग गरी अश्लील क्याप्सनसहित सामाजिक सञ्जालमा सेयर गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३६ वर्षीय पुरुष छन्। उनलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि ओमानमा रहेकी आफ्नी श्रीमतीको नाममा नक्कली फेसबूक आईडी बनाएका थिए। नक्कली आईडीमा अश्लील क्याप्सन राख्दै श्रीमतीको तस्बिर दुरुपयोग गरी सेयर गर्ने गरेका थिए।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिइ अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।