काठमाडौं– पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका कार्य्रक्रम निर्देशक बलराम थापालगायत ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार तेह्रथुम जिल्लाको म्याङलुङ नगरपलिकामा निर्माधिन पशुहाटबजार निर्माणको कार्य पूरा नभई भुक्तानी गरेको उजुरी आएपछि अनुसन्धान गरेर भष्ट्रचार निवारण ऐन अनुसार मुद्दा दायर गरेको आयेगले बताएको छ।
निर्देशक थापासहित लेखा अधिकृत रामप्रसाद बजगाईं र वरिष्ठ पशु चिकित्सक पूजा शर्माविरुद्ध आयोगले मुद्दा दर्ता गरेको छ।
आयोगका अनुसार उक्त योजनाको करिब ४७ लाख ३७ हजार रकम बिना इस्टमेट भुक्तान गरपछि उक्त रकम बराबरको बिगो माग सहित मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।