प्रतिकात्मक तस्बिर
राजविराज– गर्मी छल्न पोखरीमा नुहाउने क्रममा डुबेर सप्तरीमा २ जनाको मृत्यु भएको छ। छुट्टा–छुट्टै ठाउँमा गरी पोखरीमा डुबेर २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ। अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाकी १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै, डाक्नेश्वरी नगरपालिका–५ मुसहरीको पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लुराइ सदाका ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ।
पोखरीमा डुवेर ज्यान गुमाएका दुवै जनाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।